बिहीबार , वैशाख २७ गते २०८१    
images
images

पार्टी महाधिवेशन : पर्यटनसँगै चलायमान हुँदै अर्थतन्त्र 

images
बिजनेस न्युज
images
images
पार्टी महाधिवेशन : पर्यटनसँगै चलायमान हुँदै अर्थतन्त्र 

नेकपा (एमाले) को १०औँ महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म यही हुँदैछ। उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौराहामा गरिँदै छ।

images
images

चितवन- राजनीति दल र तिनका भातृ सङ्गठनका केन्द्रीय अधिवेशनका कार्यक्रम निरन्तर हुँदा चितवनको पर्यटनसँगै अर्थतन्त्र चलायमान भएको छ। 

images
images
images

राजनीति दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले जिल्लाका होटल तथा रेष्टुराँ भरिभराउ हुन थालेका छन्। यसले समग्र जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाएको हो। देशको ठूलो राजनीतिक दल नेकपा (एमाले), नेकपा (माले) र माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको महाधिवेशन जिल्लामा हुँदै गर्दा यहाँको पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भएको हो।
 
नेपाल कम्युनिष्ट पार्टी (माले) को केन्द्रीय महाधिवेशन नारायणगढको नारायणी कला मन्दिरमा कात्तिक २७ गतेदेखि जारी छ। उक्त अधिवेशन २९ गतेसम्म सञ्चालन हुनेछ। पार्टीका नेता भगवती घिमिरेका अनुसार देशभरबाट ३५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन्। प्रतिनिधि जिल्लाका विभिन्न होटलमा बसिरहेका छन्। प्रतिनिधि बाहेकका पनि पार्टी शुभेच्छुक यहाँ आएको उनले जानकारी दिए।
 
नेकपा (एमाले) को १०औँ महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म यही हुँदैछ। उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौराहामा गरिँदै छ। महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेका अनुसार महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि हुनेछन्। यसका अतिरिक्त सोही सङ्ख्याभन्दा बढी शुभेच्छुक, नेता कार्यकर्ता, विदेशी र स्वदेशी पाहुना हुने अनुमान गरिएको छ।

images

सो समयमा सौराहामा रहेका अधिकांश होटलका कोठा बुकिङ भइसकेका छन्। पार्टीले चार हजार बेड बुकिङ गरिसकेको छ। सौराहाको क्षमता ६ हजार ५०० शय्या हो। क्षेत्रीय होटल सङ्घका अनुसार मङ्सिर ९ गतेदेखि १२ गतेसमम सौराहाका सबै कोठा बुकिङ भइसकेका छन्। ठूला राजनीतिक दलको महाधिवेशन यहाँ भएको यो पहिलो हो।
 
बन्द सत्र हुने सौराहा चितवन क्षेत्र नं १ मा पर्दछ। सो क्षेत्रका सांसदसमेत रहनुभएका पाण्डेले यसले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने बताए। नेकपा एमालेको महाधिवेशनमा मात्रै रु आठ करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। प्रतिनिधि नभएकाबाट पनि ठूलै रकम खर्च हुने व्यवसायी बताउँछन्। नेता पाण्डेले भने 'एक दिने जात्रा र सभामा त ठूलो आर्थिक चलायमान हुन्छ भने महाधिवेशनले त जिल्लाका समग्र क्षेत्रको अर्थतन्त्र चलायमान बनाउँछ।'

images

प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जिल्लाको समग्र क्षेत्र लाभान्वित हुने पूर्व अर्थमन्त्री समेत रहनुभएका पाण्डेको भनाइ छ। यससँगै यहाँको पर्यटन देशभर प्रवर्द्धन हुने उनको भनाइ छ। देशैभरबाट आउने मानिसले यहाँका पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुर्‍याउने देखिएको छ। 

images
images

नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको केन्द्रीय महाधिवेशन मङ्सिर १८ र १९ गते नारायणगढमा हुँदैछ। उक्त महाधिवेशनमा देशभरबाट ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार महाधिवेशनका प्रतिनिधिलाई भरतपुर र गैँडाकोटका होटलमा राखिँदैछ। महाधिवेशनको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने हुँदा अन्य नेता, कार्यकर्ता र सहभागीसमेत आउने अधिकारीको भनाइ छ।

दुईवटा पार्टी र एउटा भातृ सङ्गठनको केन्द्रीय महाधिवेशनले यहाँको अर्थतन्त्र चलायमान बनाउन सुरु गरेको व्यवसायी बताउँछन्। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले यसले व्यवसायीमा उत्साह थपिएको बताए। कोभिडका कारण प्रभावित भएका होटल, रेष्टुराँ भरिभराउ हुन थालेको र महाधिवेशनका दिन सबै होटल बुकिङ भइसकेको उनले जानकारी दिए। ठूलो राजनीतिक दलको केन्द्रीय महाधिवेशन हुँदै गर्दा अरु दलका केन्द्रीय कार्यक्रम यहाँ आउने उनको विश्वास छ। 

होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश चुकेले महाधिवेशनको लहरसँगै होटल, रेष्टुराँको व्यापार बढ्न थालेको बताए। यस्ता कार्यक्रमले यहाँको अर्थतन्त्र चलायमान हुने जिल्लाका व्यवसायी चुकेको भनाइ छ। कोभिडपछिको राम्रो व्यापार महाधिवेशनसँगै सुरु हुने उनले बताए। यी कार्यक्रमबाट यहाँको पर्यटकीय महत्वका क्षेत्रको बारेमा देशभर प्रचारप्रसार हुने व्यवसायी चुकेको भनाइ छ।  
 
नेकपा (माले) को नारायणी कला मन्दिर, नेकपा एमालेको नारायणी नदी किनार र सौराहाको होटल सेभेन स्टार तथा प्रेस सेन्टर नेपालको दियालो फुडल्याण्ड क्षेत्रपुरमा महाधिवेशन हुँदैछ। रासस

images

प्रकाशित : ११:३८
प्रतिक्रिया दिनुहोस