आइतबार, असोज ६ गते २०८१    
images
images

अवरुद्ध बेँसीसहर-चामे सडक खुल्यो

images
सोमबार, साउन २९ २०८०
images
images
अवरुद्ध बेँसीसहर-चामे सडक खुल्यो

आज बिहान पानी रोकिएपछि सडक खुलाइएको कार्यालयका इन्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए।

images
images

लमजुङ- बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेँसीसहर-चामे सडक सञ्चालन भएको छ। बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १० बजेदेखि सवारीसाधन सञ्चालनमा आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ।   

images
images
images

केहीदिनको निरन्तर वर्षाले आइतबार बिहान यस सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिकामा पर्ने रामबजार, घोप्टे, च्याम्चे, रैदुखोलालगायतका स्थानमा अवरुद्ध भए पनि साँझ नै सडक खुलाइएको थियो। खरखरेमा पानीसहित ठूलाठूला ढुंगासहितको पहिरो आएको र डोजरले खोतल्दा झन पहिरो जान थालेपछि सडक खुलाउन सकिएको थिएन। तर आज बिहान पानी रोकिएपछि सडक खुलाइएको कार्यालयका इन्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए।

उनले पहिरोको जोखिम भने अझै रहेको बताए। यस सडकमा दैनिक ३० देखि ४० वटा सवारी साधन आवतजावत हुने गरेका छन्। लमजुङ र मनाङ जोड्ने एकमात्र सडक अवरुद्ध हुँदा बढी मर्का मनाङवासीलाई पर्दै आएका छन्। रासस


प्रकाशित : सोमबार, साउन २९ २०८००५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend