बुधबार, साउन १४ गते २०८२    
बुधबार, साउन १४ २०८२
images
images

ऊर्जामन्त्री भन्छिन्- सबैले विद्युतीय सवारी खरिद गरौँ

images
आइतबार, कात्तिक २८ २०७८
images
images
ऊर्जामन्त्री भन्छिन्- सबैले विद्युतीय सवारी खरिद गरौँ

'विशेषज्ञ र सरोकारवालाई अध्ययन गराएर कार्यायोजना बनाउने छु। त्यसैले अब हामी सबैले विद्युतीय सवारी खरिद गरौँ'

images
images

ललितपुर-  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन, कलकारखाना एवं सामग्रीको प्रयोग कम गर्दै लैजाने नीतिलाई प्राथमिकता दिने बताएकी छिन्। 

images

सामुदायिक रेडियो प्रशारक संघ(एकोर्‍याब)ले आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिर्या कार्यक्रममा मन्त्री भुसालले अन्तराष्ट्रिय मञ्चमा नेपालले प्रतिबद्धता गरेको समयावधीभन्दा अगावै नेपालबाट पेट्रोलियम पदार्थको प्रयोग प्रतिस्थापन गर्न सकिने गरी योजना बनाउने बताइन्। 

images
images

'विशेषज्ञ र सरोकारवालाई अध्ययन गराएर कार्यायोजना बनाउने छु। त्यसैले अब हामी सबैले विद्युतीय सवारी खरिद गरौँ' उनले भनिन्।

images
images
images

स्वदेशमै उत्पादन भएको विद्युत खपत गर्दा व्यापारघाटा कम गर्न सकिने विश्वास व्यक्त गर्दै उनले भनिन्, 'स्वदेशी उत्पादन प्रयोग गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न र जलवायु परिवर्तनको मार न्यूनीकरणमा पनि मद्दत पुग्छ।'

जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि पनि हामीले विद्युतीय सामग्री प्रयोगमा बानी बसाल्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, 'हिउँ पग्लँदै छन्, हिउँपोखरीको जोखिम बढ्ने देखिएको छ। यस्ता जोखिम कम गर्न पनि हाम्रोतर्फबाट योगदान गरौँ।' विकसीत राष्ट्रले गरेको गल्तिका कारण  जलवायु परिवर्तन नराम्रो असर नेपालमा पर्न थालेको बताउँदै उनले भनिन्, 'मनाङ, मनाङलगायत जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ, हामीले नखाएको विषको परिणाम हामीले भोगिरहेका छौँ।'

जनताको प्रगतिमा आफू निरन्तर लाग्ने विश्वास दिलाउँदै उनले भनिन्, 'समाजवाद उन्मुख समाज निर्माणको पहिलो दायित्व गरिबी निवारण नै हो।' मन्त्री भुसालले जनताको दैनिक जीवनमा प्रभाव पार्ने विद्युत् २६ लाख घरपरिवारलाई विद्युत् शुल्क निःशुल्क गरेको सुनाइन्।


प्रकाशित : आइतबार, कात्तिक २८ २०७८१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend