शुक्रबार, असोज ४ गते २०८१    
images
images

विकास बैंकको नाफा १४ प्रतिशतले घट्यो, सबैभन्दा बढी नाफा मुक्तिनाथको १ अर्ब ३६ करोड, २ बैंक भने घाटामा

images
शुक्रबार, साउन २६ २०८०
images
images
विकास बैंकको नाफा १४ प्रतिशतले घट्यो, सबैभन्दा बढी नाफा मुक्तिनाथको १ अर्ब ३६ करोड, २ बैंक भने घाटामा
images
images

काठमाडौं- आर्थिक वर्ष २०७९/८० अन्त्यसम्ममा सालपा विकास बैंकबाहेक १६ विकास बैंकहरूले करिब ६ अर्ब २१ करोड खुद नाफा गर्न सफल भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा ती विकास बैंकहरूको खुद नाफा ९७ करोड ५७ लाख रुपैयाँ अर्थात १३.५७ प्रतिशतले घटेको छ।

images
images
images

साल्पा विकास बैंकबाहेक अन्य सबै विकास बैंकहरूले आफ्ना वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। गत आर्थिक वर्ष सबैभन्दा धेरै खुद नाफा मुक्तिनाथ विकास बैंकले १ अर्ब ३६ करोड कमाउन सफल भएको छ। मुक्तिनाथ बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २ करोड बढी खुद नाफा गर्न सफल भएको छ।

मुक्तिनाथ विकास बैंकले १५ अर्ब ३९ करोड ब्याज आम्दानी गरेर ११ अर्ब २८ करोड रुपैयाँ ब्याज खर्च गरी ४ अर्ब ११ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष यस बैंकको ब्याज आम्दानी ३ अर्ब ३३ करोड रहेको थियो।

अघिल्लो वर्ष बैंकको इम्पियरमेन्ट चार्ज ७ करोड ४७ लाख रहेकोमा गत आर्थिक वर्ष ४७ करोड ७५ लाखले बढेर ५५ करोड २२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको सञ्चालन मुनाफा १ अर्ब ९३ करोड रहेकोमा गत आर्थिक वर्ष १ अर्ब ९७ करोड पुगेको रहेको थियो। यस अवधिमा बैंकको खराब कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा ०.६८ प्रतिशत बिन्दुले बढेको छ।

images

अघिल्लो आर्थिक वर्ष ०.२१ प्रतिशत खराब कर्जा रहेकोमा गत आर्थिक वर्ष ०.८९ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको कष्ट अफ फण्ड ९.५२ प्रतिशत र आधार दर ११.१५ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको स्प्रेडदर अघिल्लो आर्थिक वर्षकै हाराहारीमा रहेको छ। अघिल्लो आर्थिक वर्ष ४.५१ प्रतिशत रहेको बैंकको स्प्रेडदर गत आर्थिक वर्षको अन्त्यसम्ममा ४.५९ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको प्राथमिक पुँजी अनुपात ११.८७ रहेको छ।

प्राप्त हुन बाँकी ब्याज आम्दानीलाई पनि बैंकले आम्दानी मानेको, निष्कृय कर्जा बढेकाले इम्प्रियरमेन्ट खर्च पनि बढेको र नियामकीय रिजर्भका लागि ठूलो रकम छुट्याएकाले बैंकको वितरणयोग्य नाफा भने उल्लेखरुपमा घटेको छ। अघिल्लो आर्थिक वर्ष ८० करोड ५५ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको बैंकले गत आर्थिक वर्ष ६४ करोड ४१ लाख रुपैयाँ मात्रै गर्न सफल भएको छ।

मुक्तिनाथ विकास बैंक पछि बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ। अघिल्लो आर्थिक वर्ष करिब ८९ करोड रुपैयाँ खुद नाफा गरेको यस बैंकले गत आर्थिक वर्ष १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २ अर्ब ५९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले गत आर्थिक वर्ष ३ अर्ब ७३ करोड गरेको छ।

अघिल्लो आर्थिक वर्ष यस बैंकले इम्पियरमेन्ट चार्ज बापत १७ करोड २७ लाख रुपैयाँ खर्च बुक गरेकोमा गत आर्थिक वर्ष ४२ करोड ८ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो आर्थिक वर्ष १ अर्ब ४९ करोड सञ्चालन नाफा कमाउन सफल भएको यस बैंकले गत आर्थिक वर्ष १ अर्ब ७२ करोड रुपैयाँ कमाएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खराब कर्जा ०.७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष ०.८५ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर १.५५ प्रतिशत पुगेको छ।

यस्तै बैंकको कष्ट अफ फण्ड ९.६१, आधार दर ११.७८ र स्प्रेड दर ४.६ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष यस बैंकको पनि वितरणयोग्य नाफा घटेको छ। अघिल्लो आर्थिक वर्ष ५८ करोड ४४ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको यस बैंकको गत आर्थिक वर्ष ५५ करोड ७२ लाख रुपैयाँ घटेको छ।

Screenshot 2023-08-10 at 16.30.07.png

विकास बैंकमध्ये साइन रेसुङ्गा डेभलपमेन्ट बैंक सबैभन्दा धेरै खुदा नाफा गर्ने तेस्रो बैंक हो। यस बैंकले ७८ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो  आर्थिक वर्ष यस बैंकले ६४ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। अघिल्लो आर्थिक वर्ष १ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले गत आर्थिक वर्ष १ अर्ब २ अर्ब १० करोड रुपैयाँ गरेको छ।

यस बैंकले खुद सञ्चालन नाफा १ अर्ब १३ करोड गरेको छ। बैंकको पुँजीकोष अनुपात १३.३४ प्रतिशत रहेको छ। यस्तै बैंकको खराब कर्जा अघिल्लो वर्षको तुलनामा बढेको छ। अघिल्लो आर्थिक वर्ष यस बैंकको खराब कर्जा १.१४ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष १.८१ प्रतिशत पुगेको छ। यस बैंकको वितरणयोग्य नाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ। अघिल्लो आर्थिक वर्ष ४७ करोड ७२ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेकोमा गत आर्थिक वर्ष ४८ करोड ६८ लाख रहेको छ।

६१ करोड २५ लाख खुद नाफा गरेको लुम्बिनी विकास बैंक सबैभन्दा धेरै नाफा कमाउने चौथो नम्बरको विकास बैंक हो। अघिल्लो आर्थिक वर्ष यस बैंकले ६३ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको थियो। यस बैंकले ३९ करोड २७ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष यस बैंकले ४६ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको छ।

यस्तै ज्योति विकास बैंकले ५५ करोड ३२ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको खुद नाफा ११ करोड ६८ लाख अर्थात १७.४३ प्रतिशतले घटेको छ।

२ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकको सञ्चालन नाफा ७९ करोड मात्रै गरेको छ। यस बैंकको पुँजीकोष अनुपात १३.१६ प्रतिशत रहेको छ। यस बैंकको खराब कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा शतप्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्ष १.४७ प्रतिशत खराब कर्जा रहेको यस बैंकको गत वर्ष खराब कर्जा २.८६ प्रतिशत कायम भएको छ। बैंकको कष्ट अफ फण्ड ८.७५ प्रतिशत, सीडी अनुपात ८६.९० प्रतिशत,वेसरेट १२.१५ प्रतिशत र स्प्रेड दर ४.५८ प्रतिशत रहेको छ। बैंकको वितरणयोग्य नाफा २९ करोडबाट घटेर २२ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ।

सबैभन्दा बढी नाफा गर्ने विकास बैंकको छैठौँ नम्बरमा कामना सेवा विकास बैंक रहेको छ। यस बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। अघिल्लो आर्थिक वर्ष ५९ करोड खुद नाफा गरेको यस बैंकको गत आर्थिक वर्ष ४३ करोड ११ लाख रुपैयाँमा मात्रै खुद नाफा गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको खुद नाफा करिब २७ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा यस बैंकले २ अर्ब १६  करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकले इम्प्रियरमेन्ट चार्ज घटाएको छ। अघिल्लो आर्थिक वर्ष २८ करोड ४१ लाख रुपैयाँ इम्प्रियरमेन्ट खर्च बुक गरेको यस बैंकले गत आर्थिक वर्ष १४ करोड १२ लाख मात्रै गरेको छ।

बैंकको पुँजीकोष अनुपात १२.२६ प्रतिशत कायम भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको पनि खराब कर्जा भने बढेको छ। अघिल्लो आर्थिक वर्ष २.३१ प्रतिशत खराब कर्जा भएको यस बैंकको गत आर्थिक वर्ष २.९८ प्रतिशत पुगेको छ।

बैंकको कष्ट अफ फण्ड ९.३७ प्रतिशत, कर्जा निक्षेप अनुपात ८२.४५ प्रतिशत,आधार दर ११.९३ प्रतिशत र स्प्रेड दर ४.५९ प्रतिशत रहेको छ। गत आर्थिक वर्षका लागि बैंकको वितरणयोग्य नाफा ५ करोड ८१ लाख रहेको छ।

यस्तै, महालक्ष्मी विकास बैंकले ४७ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको ९० करोड ४८ लाख नाफा रुपैयाँ खुद नाफा गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको खुद नाफा ४८ प्रतिशत रहेको छ।

यस बैंकले १ अर्ब ९० करोड खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष यस बैंकले यस्तो आम्दानी १ अर्ब ८९ करोड रुपैयाँ गरेको थियो। यस बैंकले गत आर्थिक वर्ष इम्प्रियरमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षको तुलनामा घटाएको छ। अघिल्लो आर्थिक वर्ष यस बैंकको इम्प्रियरमेन्ट चार्ज बापत ३ करोड ६१ लाख खर्च बुक गरेमा गत आर्थिक वर्ष ३ करोड ४५ लाख रुपैयाँ खर्च बुक गरेको छ।

गत आर्थिक वर्ष यस बैंकको पनि वितरणयोग्य नाफा घटेको छ। अघिल्लो आर्थिक वर्ष ४२ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको यस बैंकले गत आर्थिक वर्ष ३३ करोड ६३ लाख रुपैयाँमा खुम्चिएको छ।

यस्तै बैंकको खराब कर्जा अघिल्लो वर्षको तुलनामा बढेको छ। अघिल्लो आर्थिक वर्ष २.४३ प्रतिशत खराब कर्जा रहेको यस बैंकको गत आर्थिक ३.५१ प्रतिशत कायम भएको छ। समीक्षा अवधिमा बैंकको पुँजीकोष अनुपात १३.४३ प्रतिशत रहेको छ। यस अवधिमा बैंकको सीडी अनुपात ७८.१२ प्रतिशत,आधार दर ११.४४ प्रतिशत र स्प्रेड दर ४.५९ प्रतिशत रहेको छ।

यसबाहेक सिन्धु बैंकले १३ करोड खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष ४६.३ करोड नाफा गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको खुद नाफा ७० प्रतिशतले घटेको छ। यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२ करोड ६६ लाख अर्थात ३४ प्रतिशतले खुद नाफा घटेको छ। गत आर्थिक वर्ष यस बैंकले १८ करोड ५१ लाख खुद नाफा गरेको थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा ३४ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको सांग्रिला विकास बैंकको पनि अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा घटेको छ। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष यस बैंकको नाफा १८ करोड ३५ लाख अर्थात ३५ प्रतिशतले यस बैंकको नाफा घटेको छ।

मितेरी डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष समान्यरुपमा खुद नाफा बढाएको छ। अघिल्लो आर्थिक वर्ष १४ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको यस विकास बैंकले गत आर्थिक वर्ष १६ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ।

यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा ग्रीन डेभपलमेन्ट बैंकको खुद नाफा करिब २ लाखले घटेको छ। अघिल्लो आर्थिक वर्ष १ करोड ८७ लाख खुद नाफा गरेको यस बैंकले गत आर्थिक वर्ष १ अर्ब ८५ करोड नाफा कमाएको छ।

एक्सेल डेभलपमेन्ट बैंकले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफामा सामान्य सुधार गरेको छ। अघिल्लो आर्थिक वर्ष ९ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको यस बैंकले गत आर्थिक वर्ष १२ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ।

गत आर्थिक वर्ष नारायणी डेभलपमेन्ट बैंकसप्तकोशी डेभलपमेन्ट बैंकको खुद नोक्सानी भएको छ। अघिल्लो आर्थिक वर्ष २ करोड ३९ लाखले खुद नोक्सानी गरेको सप्तकोशी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २० करोड २० करोड ५६ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष ५ करोड ९१ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको सप्तकोशी बैंकले गत वर्ष २ करोड ९१ लाख रुपैयाँमा सीमित गरेको छ।


प्रकाशित : शुक्रबार, साउन २६ २०८००५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend