शनिबार, वैशाख २२ गते २०८१    
images
images

कर्णालीबाट विदेशिनेको संख्यो बढ्यो, गत आवमा एक हजार बढीले लिए श्रम स्वीकृति

images
images
images
कर्णालीबाट विदेशिनेको संख्यो बढ्यो, गत आवमा एक हजार बढीले लिए श्रम स्वीकृति

स्वदेशमा नै रोजगारको व्यवस्था मिलाउन नसक्दा रोजगारीका लागि विदेशिने नेपालीको संख्या बढिरहेको छ।

images
images

सुर्खेत- पछिल्लो समय कर्णाली प्रदेशबाट वैदेशिक रोजगारका लागि विदेशिनेको संख्या दैनिक बढ्दै गएको छ।

images
images
images

आर्थिक वर्ष २०७९/०८० मा नयाँ श्रम स्वीकृति लिनेको कुल संख्या तीन हजार तीन सय रहेको श्रम तथा रोजगार कार्यालय सुर्खेतले जनाएको छ। कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले आव २०७५/०७६ मा नौ सय १९ पुरुष र महिला सात जनाले पुनः श्रम स्वीकृति लिएका जानकारी दिए। उनका अनुसार २०७६/०७७ मा एक हजार नौ सय ९० पुरुष र ३६ महिला, २०७७/०७८ मा छ सय ६७ पुरुष र आठ महिला र २०७८/०७९ एक हजार पाँच पुरुष र २६ महिलाले श्रम स्वीकृति लिएका थिए।

images

आफ्नो देशमा भन्दा अन्य देशमा काम गर्न बढी रुचाउने भएकाले गर्दा पनि विदेशिनेको संख्या बढ्दै गएको उनले बताए। श्रम तथा रोजगारका लागि नेपालबाट साउदी, कतार मलेसिया, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हंगेरी, माल्दोभा र बेलारुसमा जानेको संख्या बढिरहेको जनाइएको छ।

images

'उच्च शिक्षामा व्यवसायी तथा सीपमूलक शिक्षा अनिवार्य गर्नुपर्छ', उनले भने। कर्णालीको सल्यानबाट धेरै श्रम तथा रोजगारका लागि जाने गरेको उनले बताए। वीरेन्द्र नगर १ का भद्र सुनारले सरकारले स्वदेशमा नै रोजगारको व्यवस्था मिलाउन सकेमा विदेशिनेको संख्या कम हुने उनको भनाइ छ। रासस

images
images

images

प्रकाशित : बिहीबार , साउन २५ २०८००७:२६

प्रतिक्रिया दिनुहोस