शनिबार, वैशाख २२ गते २०८१    
images
images

अवरुद्ध भैँसे-भीमफेदी सडकखण्ड सञ्चालनमा

images
images
images
अवरुद्ध भैँसे-भीमफेदी सडकखण्ड सञ्चालनमा

लगातार वर्षाका कारण राति पहिरो हटाउन कठिनाइ भएपछि आज बिहानै पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको हो।

images
images

मकवानपुर- पहिरोको कारण अवरुद्ध हेटौँडाबाट काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत पर्ने भैँसे-भीमफेदी सडकखण्डमा आज बिहानदेखि यातायात पुनः सञ्चालन भएको छ।

images
images
images

गए राति वर्षासँगै माथिबाट खसेको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहान ५ बजेदेखि यातयात सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

images

उनका अनुसार, गएराति भीमफेदी गाउँपालिका-२ ज्यालटारस्थित पहिरो खसी यातायात अवरुद्ध बनेको थियो। लगातार वर्षाका कारण राति पहिरो हटाउन कठिनाइ भएपछि आज बिहानै पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको हो।

images

हाल हेटौँडाबाट भीमफेदी हुँदै विभिन्न स्थानमा जाने र हेटौँडातर्फ आउने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। रासस

images
images

images

प्रकाशित : बिहीबार , साउन २५ २०८००४:४४

प्रतिक्रिया दिनुहोस