शनिबार, वैशाख २२ गते २०८१    
images
images

प्रशासनको सूचनापछि रास्वपाले भन्यो - 'स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनू'

images
बिजनेस न्युज
images
images
प्रशासनको सूचनापछि रास्वपाले भन्यो - 'स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनू'

जिल्ला प्रशासन कार्यालय चितवनले आज मुग्लिन-नारायणगढ सडकखण्डमा रास्वपाको आरएटी टिमले  कार्यालयबाट स्वीकृत नलिएको भन्दै सूचना जारी गरेको छ।

images
images

काठमाडौं- नारायणगढ-मुग्लिन सडकको पहिरो खुलाउने क्रममा कार्यकर्ताले अनुमतिबिना पार्टीगत रुपमा काम गरेको साथै उनीहरूले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न स्थानीय प्रशासनले प्रहरीलाई निर्देशन दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुमतिमा मात्र काम गर्न आफ्ना कार्यकर्तालाई भनेको छ।

images
images
images

रास्वपाले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजीकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ।

images

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले विज्ञप्ति जारी गर्दै र्‍यापिड एक्सन टिम (आरएटी) र पार्टी पङ्क्तिलाई बाढी पहिरो प्रकोपमा जनताको उद्धार गर्नका लागि स्थानीय निकाय र सरोकारवाला निकायसँग समन्वय र अनुमति लिन सूचना जारी गरेका हुन्।

images

जिल्ला प्रशासन कार्यालय चितवनले आज मुग्लिन-नारायणगढ सडकखण्डमा रास्वपाको आरएटी टिमले  कार्यालयबाट स्वीकृत नलिएको भन्दै सूचना जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्ला/स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा मात्र उद्धारमा खटिनसक्ने जानकारी दिएका छन्।

images
images

रास्वपाद्वारा जारी विज्ञप्तिले यस्ता कुनै पनि प्रकारका नागरिकका समस्या सहजीकरणका लागि स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिन सिङ्गो पार्टी पङ्क्तिलाई नै सुसूचित गराएको हो।

'अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र र्‍यापिड एक्सन टिमले जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ', पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'अतः नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार जानकारी गराइन्छ।'

रास्वपाका अनुसार आरएटीले नागरिकको दैनिक जीवनका समस्या सहजीकरण गर्न सहयोग गर्नेछ। अत्यन्त जोखिमपूर्ण क्षेत्रमा कम्तीमा २० सदस्यसहितको उक्त समूहले विशेषगरी वर्षायाममा बाढीपहिरोको विपत्तिबाट जोगाउने र मद्दत गर्ने पार्टीका प्रवक्ता ढकालले बताए।

images

प्रकाशित : बुधबार, साउन २४ २०८००१:५५
प्रतिक्रिया दिनुहोस