शनिबार, वैशाख २२ गते २०८१    
images
images

चार दिनपछि खुल्यो बेनी-जोमसोम सडक

images
images
images
चार दिनपछि खुल्यो बेनी-जोमसोम सडक

बैसरीको अधेरीखोला खण्डमा सडकमाथिको पाखोबाट निरन्तर पहिरो खस्दा सवारीसाधन र यात्रुलाई चोटपटक लाग्ने र दुर्घटना हुने जोखिम छ।

images
images

म्याग्दी- मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ। 

images
images
images

म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिराका कारण आइतबार बिहानदेखि अवरुद्ध भएको सडक आज दिउँसोेदेखि सञ्चालन भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ।

images

आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले वर्षा रोकिएपछि पहिरो पन्छाएर ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको जानकारी दिए। आयोजनाको निर्माण कम्पनीका डोजर, कर्मचारी, मजदुर, नेपाली सेना र प्रहरीको टोली पहिरो पन्छाउने काममा परिचालन भएका थिए।

images

सडक अवरुद्ध हुँदा मुस्ताङबाट आएका सवारीसाधन बैसरी र म्याग्दीबाट मुस्ताङतर्फ हिँडेका सवारीसाधन राहुपारे खण्डमा रोकिएका थिए। सडक खुलेपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिए।

images
images

मुस्ताङ जान र फर्किएका तिर्थयात्री, पर्यटक र स्थानीयवासी सडक अवरुद्ध हुँदा अलपत्र परेका थिए। बैसरीको अधेरीखोला खण्डमा सडकमाथिको पाखोबाट निरन्तर पहिरो खस्दा सवारीसाधन र यात्रुलाई चोटपटक लाग्ने र दुर्घटना हुने जोखिम छ।

गत वर्षदेखि सुरु भएको पहिरो विस्तार हुनेक्रम जारी छ। भूमिगत पानीका कारण सडक माथिको पाखो बगरे पहिरो खसेको हो। जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी-जोमसोम सडकको राहुघाटदेखि भुरुङ्ग तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न सूचनामार्फत अनुरोध गरेको छ। रासस

images

प्रकाशित : बुधबार, साउन २४ २०८०१२:४३

प्रतिक्रिया दिनुहोस