शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

राजधानीमा निर्माण व्यवसायीहरूको प्रदर्शन

images
images
images
राजधानीमा निर्माण व्यवसायीहरूको प्रदर्शन

महासंघको निर्देशन बमोजिम ७ प्रदेश तथा ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू जुलुसमा सहभागी भएका हुन्। 

images
images

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत बुधबार राजधानीमा देशभरका निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाइ हातमा कालो पट्टी बाँधेर सिठ्ठी जुलुस गरेका छन्।

images
images
images

महासंघको निर्देशनबमोजिम ७ प्रदेश तथा ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू जुलुसमा सहभागी भएका हुन्। 

images

महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा महासंघ सचिवालय अनामनगरबाट सुरु भएको जुलुस संसद् भवन नयाँ बानेश्वर अगाडि कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन सुरु गर्नुपरेको बताए। 

images

महासंघका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराइएको बताए। कोण सभामा निर्माणसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए।

images
images

नेपाल क्रसर तथा खानी उद्योग महासंघका अध्यक्ष सिताराम न्यौपानेले निर्माण व्यवसायीहरूको अर्बौँ रकम भुक्तान नहुँदा समग्र निर्माण क्षेत्र अस्तव्यस्त भएको बताए। निर्माण व्यवसायीहरूको आन्दोलनको प्रभाव ढुंगा, गिट्टी, बालुवालगायतका व्यवसायीहरूलाई परिसकेको भन्दै अध्यक्ष न्यौपानेले निर्माण व्यवसायीहरूको जायज मागहरू तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराए।

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनिर्यस् फर्मस् (स्क्याफ) का महासचिव कमल कार्कीले निर्माण उद्योग चलायमान नभएका कारण अर्थतन्त्रमै समस्या आएको बताए। कोण सभामा सुदूरपूर्वको नेतृत्व गर्दै निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेत तथा सूदुर पश्चिमको नेतृत्व गर्दै निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्टले राजधानी केन्द्रीत महासंघको आन्दोलन सफल नभएसम्म घर नफर्कने प्रतिबद्धता जनाए।

व्यवसायीहरूको अर्बौँ रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुस्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागु हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा छन्।

महासंघको निर्देशनअनुसार राजधानी केन्द्रित आन्दोलन सफल पार्न देशभरका हजारौँ व्यवसायीहरू राजधानी आएको महासंघका प्रवक्तासमेत रहेका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले जानकारी दिए। बुधबारको आन्दोलन कार्यक्रमलाई आगामी शुक्रबारसम्म निरन्तरता दिइने घिमिरेले बताए। 

images

प्रकाशित : बुधबार, साउन २४ २०८०१२:०८

प्रतिक्रिया दिनुहोस