शनिबार, वैशाख २२ गते २०८१    
images
images

कन्टारमा सडक भाँसिदा पृथ्वी राजमार्ग पुनः अवरुद्ध

images
images
images
कन्टारमा सडक भाँसिदा पृथ्वी राजमार्ग पुनः अवरुद्ध

प्रहरीले दमौलीबाट पोखरातर्फ जानेका लागि दमौली बजारको भोर्लेटारचोकदेखि दुई पिप्ले हुँदै पोल्याङतर्फ सवारी साधन पठाउन थालेको छ। उक्त मार्गको कलेस्ती, दुईपिप्ले, कास्कीको पोल्याङ हुँदै पोखरा जान सकिन्छ।

images
images

तनहुँ- पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका-५ स्थित कन्टारमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ।आज दिउँसो करिब पौने १ बजेदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द छ।

images
images
images

मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत काम भइरहेकाले सडक भासिएर राजमार्ग दुईतर्फी अवरुद्ध भएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। सडक मर्मतका लागि समय लाग्ने देखिएको उनले बताए।

images

सडक विस्तारको जिम्मा पाएको चिनिया कम्पनीसँगको समन्वयमा भासिएको सडक मर्मत गरी सवारी साधन सञ्चालनका लागि पहल भएको छ। अवरुद्ध सडक पुनः सञ्चालन गर्न समय लाग्ने देखिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

images

प्रहरीले दमौलीबाट पोखरातर्फ जानेका लागि दमौली बजारको भोर्लेटारचोकदेखि दुई पिप्ले हुँदै पोल्याङतर्फ सवारी साधन पठाउन थालेको छ। उक्त मार्गको कलेस्ती, दुईपिप्ले, कास्कीको पोल्याङ हुँदै पोखरा जान सकिन्छ। रासस

images
images

images

प्रकाशित : बुधबार, साउन २४ २०८००९:२४

प्रतिक्रिया दिनुहोस