काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। अघिल्लो साता लगातार बढेको सुनको मूल्य यो साताको पहिलो दिन समेत वृद्धि भएको छ।
आइतबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ। कात्तिक २६ गते शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य समेत बढेको छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ कायम भएको छ। गएको शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।