शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

गत आवमा कामपाले उठायो १० अर्ब २५ करोड राजस्व, कुन शीर्षकमा कति?

images
images
images
गत आवमा कामपाले उठायो १० अर्ब २५ करोड राजस्व, कुन शीर्षकमा कति?

कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा र दश अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ। कामपाले गत आवका लागि दश अर्ब ४१ करोड रूपैयाँ संकलनको लक्ष्य लिएको थियो।

images
images
images

अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठे पनि कामपाले संघ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ।

images

आव २०७८/०७९ मा कामपाले दश अर्ब ४१ करोड राजस्व असुल गरेको थियो। अनुदान रकम कम भए पनि अछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी एक अर्ब ३६ करोड रूपैयाँ बढी असुल भएको कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए। उनका अनुसार कामपाले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड बढी असुल गरेको हो।

images

जसमा सबैभन्दा बढी बहाल करमा दुई अर्ब ५६ करोड रूपैयाँ असुल भएको छ, त्यस्तै सम्पत्ति करमा एक अर्ब आठ करोड रूपैयाँ, व्यवसाय करमा पनि ५८ करोड असुल भएको विभागका प्रमुख काफ्लेले बताए। त्यस्तै नक्सापास दस्तुरबाट १० करोड ११ लाख रूपैयाँभन्दा बढी राजस्व उठेको छ। स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो कामपाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो।

images
images

आव २०७८/०७९ मा जम्मा चार अर्ब ४६ करोड रूपैयाँ आन्तरिक राजस्व उठाउन सफल भएको कामपाले आव २०७९/०८० मा पाँच अर्ब ८२ करोड रूपैयाँ राजस्व उठाउन सफल छ।

कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ। अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५/१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ।

गत आवमा बाँडफाँटबाट कामपाले एक अर्ब ८५ करोड रूपैयाँ पाएको छ। राजश्व विभाग प्रमुख काफ्लेले भने,'अघिल्लो वर्षको तुलनामा एक अर्ब ६८ करोड ९४ लाख रूपैयाँले कमी हो। अघिल्लो वर्ष करिब तीन अर्ब ५५ करोड रूपैयाँ प्राप्त गरेको थियो।' रासस

images

प्रकाशित : बुधबार, साउन २४ २०८००८:५३

प्रतिक्रिया दिनुहोस