सोमबार, माघ १४ गते २०८१    
सोमबार, माघ १४ २०८१
images
images

बेनी-जोमसोम सडक तीन दिनदेखि अवरुद्ध, बिचबाटोमै यात्रु अलपत्र

images
बुधबार, साउन २४ २०८०
images
images
बेनी-जोमसोम सडक तीन दिनदेखि अवरुद्ध, बिचबाटोमै यात्रु अलपत्र

वर्षा भइरहेको र पहिरो खसिरहेकाले पानी पर्न बन्द नहुन्जेल सडक स्थायीरुपमा खुलाउन समस्या भएको छ। सडक अवरुद्ध हुँदा भारत र तेस्रो मुलुकबाट आएका ५६ पर्यटक बेनी फर्कने वा पहिरो पार गरेर मुस्ताङ जाने भन्ने अन्योलमा छन्।

images
images

गलेश्वर- गत शनिबार रातिदेखि अवरुद्ध बेनी-जोमसोम सडक आज बिहानसम्म पनि नखुल्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटक तथा यात्रु अलपत्र परेका छन्।

images
images
images

रघुगंगा गाउँपालिका-१ र २ को सिमानाबाट झरेको पहिरोले रघुगंगा-३ बैसरीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङ भ्रमणमा आएका भारतीय, तेस्रो मुलुकका पर्यटकलगायत यात्रु बिच बाटोमा नै अलपत्र परेका छन्। स्थानीयले दिएको जानकारीअनुसार भारत र तेस्रो मुलुकबाट आएका ५६ पर्यटक बेनी फर्कने वा पहिरो पार गरेर मुस्ताङ जाने भन्ने अन्योलमा छन्।

images

शनिबारदेखिको अविरल वर्षाले सडकको सिरानबाट आएको पहिरोका कारण बेनी-जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको बैसरीमा सडक अवरुद्ध भएको हो। वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेका कारणले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री तथा सवारी साधनलाई समस्या भएको हो।  

images
images
images

बैसरीमा दैनिकजसो खस्ने पहिरोले बेनी-जोमसोम सडकको यातायात सेवा प्रभावित हुने गरेको छ। सडक माथिबाट खस्ने पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको हो।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले सास्ती खेप्दै लामो समय सडकमै बस्नुपरेको छ भने समयमा गन्तव्यमा पुग्न पाएका छैनन्। सडक माथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ। पाखोबाट खस्ने ढुंगा र पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको छ। गत वर्षदेखि बैसरीमा पहिरो खस्न सुरु गरेको हो।

वैकल्पिक रुपमा सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठूला सवारीसाधन पहिरोले रोकिनुपर्ने अवस्था छ भने जिप र मोटरसाइकलले बैसरी-रिसिनचौतारी-पिप्ले-घुमाउने ताल जोड्ने सडक प्रयोग गर्दै आएका छन्।

वैकल्पिक सडक जीर्ण, साँघुरो र जोखिमयुक्त छ। कुल ७६ किलोमिटर दुरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सञ्चालन नहुँदा आवतजावत र कृषिउपज निकासी प्रभावित भएको छ। जिल्ला कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बेनी-जोमसोम सडकमा खास काम नभई यात्रा गर्न नहुने बताए। वर्षा भइरहेको र पहिरो खसिरहेकाले पानी पर्न बन्द नहुन्जेल सडक स्थायीरुपमा खुलाउन समस्या भएको उनको भनाइ छ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भिरमाथिको पाखो भूमिगत पानी र पहिरोले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको बताए।

सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ। बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भए पनि सफल भएको छैन। आकाशबाट पानी पर्नेबित्तिकै सडकमापहिरो  खस्ने समस्या छ। रासस


प्रकाशित : बुधबार, साउन २४ २०८००८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend