बिहीबार , वैशाख २० गते २०८१    
images
images

चिनियाँँ राजदूतसँग महासंघ अध्यक्ष ढकालले भने - नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्छ

images
images
images
चिनियाँँ राजदूतसँग महासंघ अध्यक्ष ढकालले भने - नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्छ

विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लैजान सक्ने व्यवस्था गरिनुपर्ने राजदूत छन सोंगले बताए।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच मंगलबार औपचारिक भेटवार्ता भएको छ।

images
images
images

उक्त भेटवार्तामा महासंघका अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने धारणा राखेका छन्। नेपालको उत्पादनमूलक क्षेत्र, उर्जा, पर्यटन पुर्वाधार लगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेकोतर्फ अध्यक्ष ढकालले राजदूत सोङको ध्यानाकर्षण गराए।

images

पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरुमा सिधा उडान आवश्यक रहेको समेत बताए। साथै अध्यक्ष ढकालले चिनियाँ पर्यटकहरुको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकताका साथ समावेश गर्नुपर्ने अध्यक्ष ढकालको आग्रह थियो। 

images

महासंघले साना उद्यमशीलता प्रवर्द्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न पनि आग्रह गरे। यसैगरि नेपालमा चिनियाँ बैंक आउने सक्ने सम्भावनातर्फ पनि अध्यक्ष ढकालले राजदूतको ध्यानाकर्षण गराए। लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए।

images
images

भेटका क्रममा राजदूत सोङले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताए। उत्पादनमूलक उद्योग, कृषि, उर्जा लगायतका क्षेत्रमा चिनियाँ लगानीकर्ता आकर्षित रहेको बताए।

विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लैजान सक्ने व्यवस्था गरिनुपर्ने राजदूत सोङको भनाइ थियो। चीनमा पनि सुरुमा विदेशी लगानीमा नीति निर्माता सशंकित भए पनि पछि सुधार गर्दै गएको बताए। लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहने पनि उनले बताए। चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरण राजदूत सोङले प्रस्तुत गरे।

यसैगरि तातोपानी नाका खोल्ने र नेपालमा चिनियाँ बैंक आउनेबारेमा छलफल भइरहेको जानकारी पनि राजदूत सोङले दिए। भेटका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको पनि सहभागिता रहेको थियो। 

images

प्रकाशित : मंगलबार, साउन २३ २०८०११:४४

प्रतिक्रिया दिनुहोस