शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

बाढीपहिरोले खोटाङका ग्रामीण सडक अवरुद्ध

images
images
images
बाढीपहिरोले खोटाङका ग्रामीण सडक अवरुद्ध
फाइल तस्बिर

कालोपत्र गरेर सञ्चालनमा ल्याइएको दिक्तेल-काठमाडौं सडकसमेत लगातारको वर्षाका कारण पटक-पटक अवरुद्ध हुँदै आएको छ। मध्यपहाडी लोकमार्गमा पर्ने उक्त सडक खण्डको विभिन्न ठाउँमा पहिरो झरिरहनुका साथै भलबाढीले अवरुद्ध हुने गरेको छ।

images
images

खोटाङ- अविरल वर्षासँगै आएको भलबाढी तथा पहिरोका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएका छन्। कच्ची अवस्थामा सञ्चालन हुँदै आएका ग्रामीण सडक अवरुद्ध भएपछि यात्रुहरु घण्टौँ पैदलयात्रा गर्न बाध्य भएका छन्।

images
images
images

हिउँदको समयमा यहाँका दशवटै स्थानीय तहमा सवारी साधन सञ्चालन भए पनि केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण यातायात अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङको भनाइ छ।

images

'कच्ची अवस्थामा सञ्चालनहुँदै आएको ग्रामीण सडक लगातार परिरहेको भारी वर्षाका कारण अवरुद्ध भएको छ। बर्सेनि अवरुद्ध हुँदै आएको सडक बाह्रैमहिना सञ्चालनमा अहिलेसम्म कसैले चासो दिएका छैनन्', उनले भने, 'अवरुद्ध सडक बाह्रैमहिना सञ्चालनमा ल्याउन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ। यसमा हामी यातायात व्यवसायी सम्बन्धित निकायलाई सहयोग गर्न तयार छौँ।'

images

केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण दिक्तेल-बाक्सिला, दिक्तेल-ऐँसेलुखर्क, दिक्तेल-पाथेका, दिक्तेल-खार्मी, दिक्तेल-मात्तिम-पञ्चमी, दिक्तेल-रेग्मीटार-रसुवा लगायतका ग्रामीण सडक अवरुद्ध बनेका छन्।

images
images

गत वर्षको तुलनामा यसवर्ष ढिलो बर्सात सुरु भएको र अहिले आएर लगातार परिरहेको पानीका कारण यहाँका सबै ग्रामीण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव हिङ्माङले बताए। गत चैतबाटै अवरुद्ध जिल्लाका सबै ग्रामीण सडक यसअघि मर्मत गरेर सञ्चालनमा ल्याइए पनि केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण पुनः अवरुद्ध भएको हो।

सगरमाथा राजमार्गअन्तर्गत तराई जोड्ने सबैभन्दा छोटो दुरीको दिक्तेल-गाईघाट सडक खण्डसमेत अवरुद्ध भएकाले आवतजावत गर्ने यात्रु तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको खोटाङ उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजन आचार्यले बताए।

कालोपत्र गरेर सञ्चालनमा ल्याइएको दिक्तेल-काठमाडौं सडकसमेत लगातारको वर्षाका कारण पटक-पटक अवरुद्ध हुँदै आएको छ। मध्यपहाडी लोकमार्गमा पर्ने उक्त सडक खण्डको विभिन्न ठाउँमा पहिरो झरिरहनुका साथै भलबाढीले अवरुद्ध हुने गरेको छ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत जेठ र असारमा नगरका सबै वडामा बाह्रै महिना यातायात सञ्चालन गर्नेगरी जनश्रमदानमार्फत सडक मर्मत गरे पनि उक्त प्रयास असफल भएको छ।

ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि जिल्लाका यातायात व्यवसायीसमेत मारमा परेका छन्। विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत बोकेर ल्याइएको गाडी सञ्चालन भएको जिल्लामा अहिले साना तथा ठूला गरी तीन सयभन्दा बढी यात्रुबाहक सवारी सञ्चालित छन्। रासस

images

प्रकाशित : मंगलबार, साउन २३ २०८०११:३२

प्रतिक्रिया दिनुहोस