शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

पहिरोले बुटवल-पाल्पा खण्डसहित लुम्बिनीका विभिन्न सडक अवरुद्ध

images
images
images
पहिरोले बुटवल-पाल्पा खण्डसहित लुम्बिनीका विभिन्न सडक अवरुद्ध
फाइल तस्बिर

भालुवाङ्ग-प्यूठान सडकखण्डको गर्जेनी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ। उक्त स्थानमा पाँच दिनदेखि पहिरोले अवरुद्ध भएको सडक पहिरो सफा गरेर मंगलबारमात्र खुलाइएको थियो।

images
images

लुम्बिनी- वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानमा खसेको पहिरोले राजमार्गहरु अवरुद्ध भएका छन्। लगातारको वर्षाका कारण राजमार्ग क्षेत्रमा खसेको पहिरोले सवारी आवागमन अवरुद्ध भएका हुन्।

images
images
images

बुटवलस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा खण्ड, भालुवाङ-प्यूठान सडकखण्ड र लमही-घोराही सडकखण्ड पहिरोले अवरुद्ध भएका छन्।

images

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डअन्तर्गत सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश बिन्दुमा पहिरो खसेपछि राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ। राजमार्गको बुटवल-पाल्पा खण्डको तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइड (रामापिथेकसपार्क) क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेर राजमार्ग अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ। 

images

सिद्धबाबा निर्माणाधीन सुरुङमार्गको उत्तरतर्फको प्रवेश बिन्दुमा पहिरो झरेपछि सवारी आवागमन पूर्णरुपले अवरुद्ध भएको प्रहरीले जनाइएको छ। सो स्थानमा साउनको केही दिनदेखि पटकपटक पहिरो खस्दा निर्माणाधीन सुरुङमार्गको प्रवेश बिन्दुमै क्षति पुगेको थियो। पहिरोसँगै ठूलाठूला ढुंगाहरु सडकमा झरेकाले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।

images
images

यस्तै भालुवाङ्ग-प्यूठान सडकखण्डको गर्जेनी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ। उक्त स्थानमा पाँच दिनदेखि पहिरोले अवरुद्ध भएको सडक पहिरो सफा गरेर मंगलबारमात्र खुलाइएको थियो। रासस

images

प्रकाशित : मंगलबार, साउन २३ २०८०११:०६

प्रतिक्रिया दिनुहोस