शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

सडक भासिएर अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

images
images
images
सडक भासिएर अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

सडक विस्तारको काम भइरहेकाले सो स्थानमा सडक भासिएको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए।

images
images

डुम्रे- अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फरुपमा सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा सडक भासिएपछि बिहानदेखि यातायात अवरुद्ध भएको थियो। 

images
images
images

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण देउरालीमा सडक आज बिहान साढे ११ बजेतिर भासिँदा सवारीसाधन एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

images

मुग्लिन-पोखरा सडक विस्तार योजनाको काम भइरहेको अवस्थामा सडक भासिँदा साना सवारीसाधन मात्रै सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। उनका अनुसार सडक विस्तारको काम भइरहेकाले सो स्थानमा सडक भासिएको हो।

images

'निरन्तर वर्षा भइरहेकाले अहिले नै ठूला सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन', प्रहरी नायब उपरीक्षक खाणले भने। साथै निर्माणाधीन आँबुखैरेनी-जामुने-कोत्रे सडकखण्डमा वर्षाका कारण अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक राजीव विष्टले जानकारी दिए। रासस

images
images

images

प्रकाशित : मंगलबार, साउन २३ २०८०१०:४५

प्रतिक्रिया दिनुहोस