शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

गण्डकीमा घट्यो दूध, मासु र अण्डा उत्पादन

images
images
images
गण्डकीमा घट्यो दूध, मासु र अण्डा उत्पादन

वर्षमा एक व्यक्तिलाई एक सय ५० लिटर दूध उपलब्ध गराउने प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको लक्ष्य भने अझै पूरा हुन सकेको छैन। मासु २० किलो र अण्डा ६० गोटा पुर्‍याउने उक्त योजनाको लक्ष्य भने पूरा भएको पाइएको छ।

images
images

गण्डकी- गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ। पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो।

images
images
images

आव २०७८/७९ मा दुई लाख ८२ हजार एक सय ८६ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा दुई लाख ६४ हजार आठ सय ४९ मेट्रिक टनमात्रै उत्पादन भएको छ। जुन ६ दशमलव १४ प्रतिशतले कमी हो।

images

मासुको उत्पादनमा पनि आठ दशमलव ४७ प्रतिशतले कमी आएको छ। आव २०७८/७९ मा ६२ हजार दुई सय ६० मेट्रिक टन उत्पादन भएकामा गत आवमा जम्मा ५६ हजार नौ सय ८७ मेट्रिक टन मासु उत्पादन भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

images

मन्त्रालयका अनुसार आव २०७८/७९ मा ३४ करोड ३७ लाख गोटा अण्डा उत्पादन भएको थियो। गत आवमा त्यो संख्या घटेर २४ करोड ५० लाख गोटामा सीमित भएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए। अण्डा उत्पादनमा एकै वर्षमा २८ दशमलव ७२ प्रतिशतले गिरावट आएको उनको भनाइ छ।

images
images

'दानाको मूल्यवृद्धि र चल्लाको उपलब्धतामा कमी आएका कारण अण्डाको उत्पादन घटेको हो', डा न्यौपानले भने, 'गाईभैँसीमा फैलिएको लम्पी स्किनका रोगको प्रकोपका कारण दूध उत्पादनमा कमी आएको हो, यो रोग छिट्टै नियन्त्रणमा आउन नसके यसवर्ष पनि दूध उत्पादनमा असर गर्न सक्छ।'

उक्त रोग नियन्त्रणका लागि प्रदेश सरकार, स्थानीय तह र किसान आफैले पनि खोप अभियान सञ्चालन गरिरहेका छन्। उक्त रोगको संक्रमणका कारण गण्डकी प्रदेशमा हालसम्म तीन हजार दुई सय ४७ गाईवस्तु मरेका छन् भने ३१ हजार तीन सय पाँच निको भएका छन्। ३८ हजार पाँच सय ३६ गाईभैँसी अहिले पनि संक्रमित अवस्थामा छन्।

गत आवमा अफ्रिकन स्वाइन फ्लुका कारण ठूलो संख्यामा बंगुर मरेका कारण पनि मासुजन्य उत्पादनमा ह्रास आएको डा न्यौपानले बताए। 'गत आवमा १८ हजार २० बंगुर मर्दा झन्डै २४ करोड रूपैयाँको क्षति भएको हाम्रो अनुमान छ', उनले भने, 'अहिले अफ्रिकन स्वाइल फ्लु नियन्त्रणमा आइसकेको छ।' उक्त रोगबाट प्रदेशभित्र २२ हजार ६६ बंगुर संक्रमित भएका थिए।

संयक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा भने गण्डकी प्रदेश पशुजन्य उत्पादनमा आत्मनिर्भर बनेको छ। मापदण्डअनुसार एक व्यक्तिलाई प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा आव २०७८/७९ मा एक सय १७ र गत आवमा एक सय १० लिटर दूध उपलब्ध भएको पाइएको छ। 

एक वर्षमा एक व्यक्तिलाई न्यूनतम १४ किलो मासु चाहिनेमा आव २०७८/७९ मा २६ किलो र गत आवमा २४ किलो उपलब्ध भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। वर्षमा एक व्यक्तिलाई न्यूनतम ४८ गोटा अण्डा आवश्यकता पर्नेमा आव २०७८/७९ मा एक सय ४३ र गत आवमा एक सय एक गोटा अण्डा उपलब्ध भएको भएको देखिन्छ।

वर्षमा एक व्यक्तिलाई एक सय ५० लिटर दूध उपलब्ध गराउने प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको लक्ष्य भने अझै पूरा हुन सकेको छैन। मासु २० किलो र अण्डा ६० गोटा पुर्‍याउने उक्त योजनाको लक्ष्य भने पूरा भएको पाइएको छ। रासस

images

प्रकाशित : मंगलबार, साउन २३ २०८०१०:४०

प्रतिक्रिया दिनुहोस