शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

छिर्कनेनजिकै सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध

images
images
images
छिर्कनेनजिकै सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध

ठूला सवारीसाधन आवतजावतमा समस्या हुने देखिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ।

images
images

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली-डुम्रे सडकखण्ड अवरुद्ध भएको छ। मंगलबार व्यास नगरपालिका-१२ स्थित छिर्कनेनजिक सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो।

images
images
images

सडक अवरुद्ध बनेपछि राजमार्ग भएर गुड्ने सवारीसाधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

images

हाल मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आवतजावतको व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए। घटनास्थलमा पुगेका प्रहरीले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको जानकारी गराएको उनले बताए। ठूला सवारीसाधन आवतजावतमा समस्या हुने देखिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ। रासस

images

images

प्रकाशित : मंगलबार, साउन २३ २०८००७:३६

प्रतिक्रिया दिनुहोस