शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

बाढी-पहिरोले अवरुद्ध सडक चाँडो चालु गराउन मन्त्री ज्वालाको निर्देशन 

images
images
images
बाढी-पहिरोले अवरुद्ध सडक चाँडो चालु गराउन मन्त्री ज्वालाको निर्देशन 

मन्त्री प्रकाश ज्वालाले देशभरका सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल संकलन गर्न निर्देशन दिएका छन्।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिएका छन्।

images
images
images

उनले अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र तत्काल पुनःनिर्माणमा सुरु गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्। सोमबार अपराह्नदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा मानवीय र भौतिक क्षति भएको छ।

images

उनले देशभरका सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल संकलन गर्न निर्देशन दिएका छन्। अविरल वर्षापछि सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ। ठाउँठाउँमा पहिरो गएको सडक विभागले जनाएको छ। सडक भासिएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ।

images

मन्त्री ज्वालाले भीमदत्त सडकको तत्काल पुनःनिर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिए। निर्माणधिन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मुल गेट नजिकै पहिरो जाँदा बुटवल-पाल्पा सडक अवरुद्ध बनेको छ। अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धीत क्षेत्रका निर्देशकहरुलाई निर्देशन दिएका छन्।

images
images

मकवानपुरको बागमती गाउँपालिका सिग्रेमा पहिरो परी सन्तमाया स्याङतानको निधन भएका थियो। बाढी र पहिरोका कारण क्षतिग्रस्तमध्ये अहिले पनि चार राष्ट्रिय राजमार्ग ठप्प रहेको सडक विभागले जनाएको छ। रासस

images

प्रकाशित : मंगलबार, साउन २३ २०८००६:१४

प्रतिक्रिया दिनुहोस