शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

images
images
images
नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।

images
images

भरतपुर- नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो।

images
images
images

आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका-६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो। सो पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो। दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए।

images

दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उनले बताए। सडक एकतर्फी सञ्चालनमा आएसगै रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन्।

images

नारायणगढ-मुग्लिन सडक खण्ड पटक-पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्। यो सडकखण्ड राजधानी काठमाडौं र पोखरा सहरलाई तराईसँग जोड्ने मुख्य राजमार्ग हो। रासस

images
images

images

प्रकाशित : मंगलबार, साउन २३ २०८००५:३५

प्रतिक्रिया दिनुहोस