शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

अनुदानको मल प्रतिकिलो १५ रूपैयाँ बढीमा बिक्री गर्नेलाई कारबाही

images
बिजनेस न्युज
images
images
अनुदानको मल प्रतिकिलो १५ रूपैयाँ बढीमा बिक्री गर्नेलाई कारबाही

सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा आइतबार पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले अनुगमन गरेको थियो।

images
images

पोखरा- कास्कीमा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल बढी मूल्यमा बिक्रीवितरण गरेका दुई संस्थालाई कारबाही गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले अमरसिंह सुलभ कृषि सामग्री पसल र पोखराको शिवालय चोकस्थित उपभोक्ता सहकारी संघलाई २०/२० हजार रूपैयाँ जरिवाना गरेको हो।

images
images
images

नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा आइतबार पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले अनुगमन गरेको थियो।

images

अनुगमनका क्रममा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सोमबार जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि बोलाइएको थियो। अमरसिंह सुलभ कृषि सामग्री पसलमा रहेको २५ बोरा युरिया, ६ बोरा डिएपी र पाँच बोरा पोटास जफत गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा फिर्ता गरिएको छ।

images

त्यस्तै आफ्नो कार्यक्षेत्रबाहिर ठूूलो परिमाणमा मल बिक्री गर्ने उपभोक्ता सहकारी सङ्घ लिमिटेड पोखरा-८ को अनुदानको मल बिक्रेता अनुमति खारेज गर्ने निर्णय भएको पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

images
images

पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिका संयोजक पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार अनुगमन गर्दा अनुदानको मल तोकेको मूल्यभन्दा प्रतिकिलो १५ रूपैयाँ बढीमा बिक्री गरेको फेला परेको थियो।

images

प्रकाशित : मंगलबार, साउन २३ २०८००५:२०
प्रतिक्रिया दिनुहोस