सोमबार, वैशाख २४ गते २०८१    
images
images

उद्योग वाणिज्य क्षेत्रका चुनौतीको समाधानका लागि विश्वविद्यालयसँग सहकार्य बढाउँछौँ : अध्यक्ष ढकाल

images
images
images
उद्योग वाणिज्य क्षेत्रका चुनौतीको समाधानका लागि विश्वविद्यालयसँग सहकार्य बढाउँछौँ : अध्यक्ष ढकाल

उद्योग व्यवसाय क्षेत्रका चुनौती समाधानका लागि उद्योग वाणिज्य महासंघ र विश्वविद्यालयबीच सहकार्य गर्दा नयाँ बाटो खुल्न सक्ने उनले बताए।

images
images

ललितपुर- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य क्षेत्र र विश्वविद्यालयबीचको साझेदारीले अनुसन्धान, नवप्रवर्तन र दक्ष जनशक्ति विकासमा योगदान पुग्ने भएकाले यस्ता साझेदारीलाई महत्व दिइएको बताएका छन्।

images
images
images

सोमबार ललितपुरमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विज्ञान र प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन तथा अनुसन्धानमा समर्पित विश्वविद्यालयसँग साझेदारी गर्न महासंघ तयार रहेको बताएका हुन्।

images

'उद्योग व्यवसाय क्षेत्रमा चुनौती छन्। त्यस्ता चुनौतीहरूको समाधानका लागि उद्योग वाणिज्य महासंघ र विश्वविद्यालयबीच सहकार्य गर्दा पक्कै पनि नयाँ बाटो खुल्ने छ र यसबाट अन्य क्षेत्र पनि साझेदारीका लागि प्रेरित हुनेछ', अध्यक्ष ढकालले भने। 

images

अध्यक्ष ढकालले महासंघ र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डेढ दर्जन क्षेत्रहरूमा साझेदारी गर्न सकिने पनि उल्लेख गरे। संयुक्त अनुसन्धान परियोजनाहरूमा सहकार्य गर्ने, उद्योगहरूबाट प्राप्त व्यावहारिक अनुभवसहितको पाठ्यक्रम विकासमा काम गर्ने, विद्यार्थीहरूलाई इन्टर्नसिपहरू र कम्पनीहरूमा काम गर्ने अवसर सृजना गर्ने तथा नयाँ प्रविधिको व्यावसायीकरणका लागि उद्योगहरूमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन सकिने पनि अध्यक्ष ढकालले उल्लेख गरे।

images
images

महासंघ व्यावसायिक संस्था मात्र नभई सरकार र सरोकारवालाहरुलाई सल्लाह दिने थिंक ट्यांक भएकाले विश्वविद्यालयसँग मिलेर संयुक्त कार्यशाला र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न सकिने,अनुसन्धान अनुदान तथा छात्रवृत्तिका लागि कोष स्थापनमा पनि सघाउन तयार रहेको पनि अध्यक्ष ढकालले बताए।

बिजनेस इन्क्यूबेटर, एक्सेलेटर र इनोभेसन सेन्टर स्थापना तथा सार्वजनिक-निजी-विश्वविद्यालय साझेदारीमा विश्वस्तरीय परीक्षण प्रयोगशालाहरू स्थापना गर्न सक्यौँ भने यसले नेपालको निर्यात बढाउन मद्दत गर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे।

बदलिँदो प्रविधिलाई उपयोग गर्ने गरी आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा  प्रभावकारिता र दक्षता बढाइ नवीन उत्पादन र सेवाहरू दिनसक्ने अवस्थाका लागि पनि विश्वविद्यालयसँग गहन साझेदारीको प्रस्ताव गरिएको उनले बताए।

images

प्रकाशित : सोमबार, साउन २२ २०८०१२:१७

प्रतिक्रिया दिनुहोस