सोमबार, वैशाख २४ गते २०८१    
images
images

बेनी-जोमसोम सडकको प्रमुख समस्या बैसरीको पहिरो

images
images
images
बेनी-जोमसोम सडकको प्रमुख समस्या बैसरीको पहिरो

जीप र मोटरसाइकलले बैसरी-रिसिनचौतारी-पिप्ले-घुमाउने ताल जोड्ने सडक प्रयोग गरे पनि ठूला सवारीसाधनलाई वैकल्पिक सडक छैन। वैकल्पिक सडक जीर्ण, साँघुरो र जोखिमयुक्त छ।

images
images

म्याग्दी- रघुगंगा गाउँपालिका(२ बैसरीको अधेरीखोलास्थित पहिरो बेनी-जोमसोम सडकको प्रमुख समस्या बनेको छ। निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको छ। 

images
images
images

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले सास्ती भोग्नु परेको छ। बेनीका स्थानीय किशोरकुमार श्रेष्ठले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुग्न कठिन हुने गरेको बताए।

images

'पहिरो खस्न रोकिएको समयमा हेरेर वारपार गर्नुपर्छ', उनले भने, 'कुनबेला पहिरो खसेर परिन्छ भन्ने जोखिम र त्रास छ।' सडक माथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ। पाखोबाट खस्ने ढुंगा र पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको छ।

images

गत वर्षदेखि बैसरीमा पहिरो खस्न सुरु गरेको हो। जीप र मोटरसाइकलले बैसरी-रिसिनचौतारी-पिप्ले-घुमाउने ताल जोड्ने सडक प्रयोग गरे पनि ठूला सवारीसाधनलाई वैकल्पिक सडक छैन। वैकल्पिक सडक जीर्ण, साँघुरो र जोखिमयुक्त छ। कुल ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सञ्चालन नहुँदा आवतजावतका साथै आलु, स्याउलगायत कृषिउपज निकासी प्रभावित भएको छ।

images
images

बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार पहिरो खस्ने पाखोमा बग्ने अवस्थामा रहेको ढुंगामाटोलाई पन्छ्याउन नेपाली सेना, नेपाल प्रहरी र श्रमिक लागेका छन्। 'आइतबार १३ घण्टा लगाएर खुलाएको सडक १५ मिनेटपछि पुनः बन्द भयो', उनले भने, 'भिरमाथिको पाखो भूमिगत पानी र पहिरोले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको छ।'

पहिरो पन्छाउन शत्रुभञ्ज्याङ गुल्मका सैनिक र जिल्ला प्रहरी कार्यालयको सुरक्षाकर्मीको साथै आयोजनाका कर्मचारी तथा मजदुर परिचालन गरिएको छ। सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ। बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भए पनि सफल भएको छैन। आकाशबाट पानी पर्नेबित्तिकै पहिरो चल्ने र सडकमा खस्ने समस्या छ।

तत्काललाई जोखिम न्यूनीकरणको उपाय, अवरुद्ध सडक खुलाउन डोजर तथा मजदुर परिचालनका साथै दीर्घकालीन समाधान गर्न माथिल्लो निकायमा पहल गर्ने आयोजना प्रमुख प्रजापतिले बताए। रासस

images

प्रकाशित : सोमबार, साउन २२ २०८०१०:३४

प्रतिक्रिया दिनुहोस