सोमबार, वैशाख २४ गते २०८१    
images
images

मालपोत कार्यालय जुम्लाले उठायो एक करोड ८१ लाख राजस्व

images
images
images
मालपोत कार्यालय जुम्लाले उठायो एक करोड ८१ लाख राजस्व

आव २०७८/७९ र २०७९/८० मा लक्षित वर्गका लागि २२ लाख ६१ हजार २८१ रूपैयाँ राजस्व छुट गरिएको छ।

images
images

जुम्ला- जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० एक करोड ८१ लाख ५० हजार आठ सय ७८ राजस्व  गरेको छ ।

images
images
images

कार्यालयले रजिस्ट्रेसन दस्तुरतर्फ ९२ लाख ९३ हजार आठ सय ५५, जग्गा रोक्कातर्फ १८ लाख ७६ हजार ९८५, पुँजीकर लाभकरतर्फ ६४ लाख छ हजार पाँच सय ९८ र विविध शीर्षक अन्तर्गत पाँच लाख ७३ हजार चार सय ४० रूपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए।

images

राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायतका शीर्षकबाट यहाँका सात गाउँपालिका र एक नगरपालिकाबाट नौ सय ६५ रजिस्ट्रेसन लिखत पारित भएको उनको भनाइ छ। आव २०७८/७९ र २०७९/८० मा लक्षित वर्गका लागि २२ लाख ६१ हजार २८१ रूपैयाँ राजस्व छुट गरिएको छ। नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ। रासस

images

images

प्रकाशित : सोमबार, साउन २२ २०८००९:३०

प्रतिक्रिया दिनुहोस