बिहीबार , वैशाख २७ गते २०८१    
images
images

सुन प्रकरणमा थप अनुसन्धान गर्न सीआईबी पुग्यो फाइल, संगठित र अन्तरदेशीय अपराधबारे पनि अनुसन्धान हुने

images
बिजनेस न्युज
images
images
सुन प्रकरणमा थप अनुसन्धान गर्न सीआईबी पुग्यो फाइल, संगठित र अन्तरदेशीय अपराधबारे पनि अनुसन्धान हुने

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो।

images
images

काठमाडौं- सुन तस्करी प्रकरणबारे थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिइएको छ। उक्त प्रकरणको थप अनुसन्धान गर्नेगरी आज सीआईबीलाई फाइल पठाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए। उनका अनुसार अब बाँकी सबै अनुसन्धानका काम सीआईबीले गर्नेछ।

images
images
images

यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन दिएका थिए। उनको निर्देशनलगत्तै आवश्यक प्रक्रिया पुर्‍याएर आज फाइल पठाइएको हो। उक्त प्रकरणमा अब सीआईबीले आर्थिकलगायत सङ्गठित र अन्तरदेशीय अपराधका सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ।

images

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभागबाट पत्र प्राप्त भएपछि सीआईबीले अनुसन्धान थाल्ने जानकारी दिए। विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो।

images

उक्त घटनामा एकजना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा आज १८ दिनपछि अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको हो। अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १७ हिरासतमा छन्।

images
images

विभागका महानिर्देशक ढुङ्गानाले विभागबाट एक चरणको अनुसन्धान सकिएको र थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिइएको बताए। 

images

प्रकाशित : ०१:१६
प्रतिक्रिया दिनुहोस