बिहीबार , वैशाख २७ गते २०८१    
images
images

एक वर्षमा पाल्पाका १४३ उद्योग खारेज

images
बिजनेस न्युज
images
images
एक वर्षमा पाल्पाका १४३ उद्योग खारेज

आव २०७९/८० मा उद्योगतर्फ दुई सय १३ र वाणिज्य फर्मतर्फ एक सय ८४ गरी तीन सय ९७ नयाँ फर्म दर्ता भएको छ।

images
images

रामपुर- पाल्पामा गत आर्थिक वर्षमा एकसय ४३ उद्योग खारेज भएका छन्। आव २०७९/८० मा उद्योगतर्फ एक सय ४३ र वाणिज्यतर्फ एक सय ९४ फर्म खारेज भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। आव २०७८/७९ मा एक सय ८८ उद्योग र दुईसय ३९ फर्म खारेजी भएको थियो।

images
images
images

प्रदेश सरकारले जारी गरेको कानुनबमोजिम रु पाँच लाखभन्दा कम पुँजी लगानी भएका उद्योग तथा वाणिज्य फर्म स्थानीय तहबाट नियमन गर्ने व्यवस्था भएकाले यस कार्यालयमा दर्ता भई सञ्चालनमा आएका उद्योग, व्यवसाय लगतकट्टा गरिन थालिएको छ। कार्यालयले पनि सम्बन्धित उद्योगी, व्यवसायीलाई दोहोरो करको मारमा नपरुन् भनी जानकारी गराउँदै आएको छ।

images

पाँच लाख रूपैयाँसम्मका उद्योग तथा व्यवसाय स्थानीय तहमा नै दर्ता हुने व्यवस्था आएपछि कार्यालयमा अगाडि नै दर्ता भएका (नयाँ व्यवस्था आउनुअघि) उद्योग, व्यवसाय स्थानीय तहमा नै सारेकाले कार्यालयबाट खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए।

images

'स्थानीय तहमा नै पाँच लाख रूपैयाँसम्म उद्योग, व्यावसाय दर्ता गर्ने नयाँ व्यवस्था लागु भएपछि पछिल्ला वर्षमा घरेलु कार्यालयबाट सारेर सम्बन्धित स्थानीय तहमा लैजाने गरिएको छ', उनले भने, 'यसले उद्योगी, व्यवसायीले दोहोरो कर (स्थानीय तह तथा घरेलु तथा साना उद्योग कार्यालयमा) बुझाउनु परेन।'

images
images

पाँच लाख रूपैयाँसम्म मात्रै उद्योग, व्यवसाय दर्ता गरेका केही व्यवसायीले भने पुँजी बढाएर घरेलु कार्यालयमा नै नवीकरण गरी सञ्चालन गर्दै आएका छन्। व्यवसाय बढाउन नचाहनेले आफ्नै स्थानीय तहमा स्थानान्तरण गर्ने गरेको पाइएको छ। केहीले नयाँ व्यवस्थाबारे प्रष्ट नहुँदा पाँच लाख रूपैयाँसम्म दर्ता भएका उद्योग, व्यवसायको घरेलु तथा साना उद्योग कार्यालय एवं स्थानीय तहमा नै दोहोरो कर बुझाएको पाइन्छ। नयाँ व्यवस्थाबारे अध्ययन र चासो नदिँदा सम्बन्धित उद्योगी, व्यवसायीले दोहोरो कर बुझाउनु परेका विषयमा आफू मारमा परिरहेको गुनासो गर्ने गरेका छन्।

आव २०७९/८० मा उद्योगतर्फ दुई सय १३ र वाणिज्य फर्मतर्फ एक सय ८४ गरी तीन सय ९७ नयाँ फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग विकास अधिकृत देवीराम भण्डारीले बताए। उनका अनुसार गत वर्ष उद्योगतर्फ उत्पादनमूलक १९, कृषि तथा वनजन्य एक सय ३३, पर्यटनमा ३६ र सेवामूलक २५ उद्योग नयाँ दर्ता भएका छन्।

'नयाँ व्यवस्था लागु भएपछि साना उद्योग, व्यवसाय (पाँच लाख रूपैयाँसम्मका) दर्ता, नवीकरणका लागि स्थानीय तहमा अधिकार दिएपछि धेरै सहज भएको छ, नयाँ व्यवस्था लागु भएका सुरुका वर्षमा उद्योगी, व्यवसायीले झट्ट नबुझ्दा समस्या भएको हो, अहिले कार्यालयले पटकपटक यसबारेमा जानकारी गराएपछि स्थानान्तरण गर्न थाल्नुभएको छ', उनले भने।

कार्यालयबाट आव २०७८/७९ मा उद्योग पाँच सय २१ र वाणिज्यतर्फ तीन सय ७१ गरी आठसय ९२ नयाँ फर्म दर्ता, आव २०७७/७८ मा छ सय १९ उद्योग र तीन सय ८३ वाणिज्य फर्म दर्ता भएका छन्। दर्ता भएका उद्योगमध्ये अधिकांश निजी उद्योग छन् भने केही साझेदारी र प्रालि छन्। आव २०७९/८० मा कार्यालयले नयाँ फर्म दर्ता, नवीकरण, पुँजी वृद्धिबाट उद्योगतर्फ १९ लाख ४६ हजार एक सय ६४ रूपैयाँ र वाणिज्यतर्फ २६ लाख २० हजार तीन सय ७८ रूपैयाँ गरी ४५ लाख ६६ हजार पाँच सय ४२ रूपैयाँ राजस्व संकलन गरेको छ।

जिल्लामा कृषि तथा वनजन्य उद्योग नै बढी सञ्चालन हुने भएकाले साना लगानीमा सञ्चालन हुने ती उद्योग अहिले स्थानीय तहमा नै दर्ता हुँदै आएका छन्। पाल्पामा हाल उद्योगतर्फ तीन हजार नौ सय एक र वाणिज्यतर्फ चार हजार चार सय २० व्यवसाय घरेलुमा दर्ता भएर सञ्चालनमा छन्।

कार्यालयले लघु, घरेलु तथा साना उद्योगमात्र दर्ता गर्न पाउने अधिकार रहेको छ। १० करोड रूपैयाँसम्म पुँजी भएका उद्योगलाई साना उद्योग, दश करोडदेखि २५ करोड रूपैयाँसम्म पुँजी भएका उद्योगलाई मझौला उद्योग र २५ करोड रूपैयाँदेखि माथिकालाई ठूला उद्योगका रुपमा वर्गीकरण गरिएको छ।

१० करोड रूपैयाँमाथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ। रासस

images

प्रकाशित : ०७:४९
प्रतिक्रिया दिनुहोस