मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

लम्पी स्किन रोगको महामारी : खोटाङमा सात सय ३६ गाईरगोरु मरे, ४३१ प्रभावित

images
शनिबार, साउन २० २०८०
images
images
लम्पी स्किन रोगको महामारी : खोटाङमा सात सय ३६ गाईरगोरु मरे, ४३१ प्रभावित

महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगका कारण जिल्लाका कतिपय कृषकको गोठ नै रित्तिएको छ।

images
images

खोटाङ- देशभर महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा सात सय ३६ वटा गाई/गोरु मरिसकेका छन्।

images
images
images

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा २६, खोटेहाङ गाउँपालिकामा ४०, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई सय ७२, केपिलासगढी गाउँपालिकामा ४५, ऐसेलुखर्क गाउँपालिकामा ५२, बराहपोखरी गाउँपालिकामा ७६, जन्तेढुंगा गाउँपालिकमा २१, रावाबेँसी गाउँपालिकामा ८४ र साकेला गाउँपालिकामा ६५ वटा पशु चौपाया लम्पी स्किन रोगले मरेको पाइएको हो।

images
images

कृषकले पालेका पशुचौपायमा गत चैत पहिलो साता लम्पी स्किन रोगको लक्षण भेटिएको जिल्लामा चार सय ३१ वटा गाई/गोरुमा रोगको प्रकोप देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङले दिएको विवरणमा उल्लेख छ। दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय भैँसीमा समेत लम्पी स्किन रोगको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका सम्पर्क अधिकृत चन्द्रकिशोर यादवले जानकारी दिएका छन्।

images
images
images

पछिल्लो एक हप्ताको अवधिमा १४ वटा भैँसीमा लम्पी स्किन रोगको प्रकोप देखिएको जिल्लामा एउटाको मृत्यु भएको जनाइएको छ। पशु विशेषज्ञहरुका अनुसार गाई/गोरुमा एक सय पाँच डिग्रीसम्मको ज्वरो आउनु, शरीरको विभिन्न ठाउँमा फोकाहरु आउनु, मुखबाट (याल काढ्नु, सिगाँन बग्नु, दुईरचार दिनपछि फोका फुटेर रगत आउनु, खुट्टा सुन्निनु, घाँटी सुन्निनु लम्पी स्किन रोगका लक्षणहरु हुन्।

मुख्यगरी खेतबारी जोत्न र प्रांगारिक मल उत्पादनका लागि जिल्लाका किसानले पालेका गाई/गोरुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणमा कसैको ध्यान नपुगेको जिल्लावासीको आरोप छ। महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगका कारण जिल्लाका कतिपय कृषकको गोठ नै रित्तिएको पाइएको छ। लम्पी स्किन रोगविरुद्धको खोप र औषधि किन्न उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गत असार २४ गते प्रत्येक स्थानीय तहलाई एक लाख रूपैयाँका दरले बजेट उपलब्ध गराएको थियो। देशभर महामारीका रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्ने उद्देश्यले अतिप्रभावित क्षेत्रमा तत्काल खोप तथा औषधि उपलब्ध गराउन भन्दै मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहको खातामा रकम उपलब्ध गराएको हो।

लम्पी स्किन रोगको महामारीले गाई/गोरु बिरामी हुँदा र मर्दा खोटाङमा रोपाइँसमेत प्रभावित भएको किसानहरुले बताएका छन्। खेत तथा बारी जोत्ने प्रविधि (हाते ट्र्याक्टर) कममात्र भित्रिएको जिल्लाका अधिकांश कृषकले आफैले पालेका हलगोरु प्रयोग गरेर खेत तथा बारी जोत्दै आएका छन्।

लम्पी स्किन रोग नियन्त्रणका लागि स्थानीय तहले निःशुल्क वितरण गर्न पठाएको औषधिसमेत प्राविधिकहरुले शुल्क लिएर कृषकलाई बेच्ने गरेको समाचार स्रोतले बताएको छ। लम्पी स्किन रोग पीडित कृषकका लागि निःशुल्क वितरण गर्न पठाइएको औषधि प्राविधिकहरुले शुल्क लिएर बिक्री गर्ने गरेका बारेमा अहिलेसम्म कसैबाट पनि गुनासो नआएको पशु शाखाप्रमुखहरुले बताएका छन्।

नेपाल सरकारले कृषिमा आत्मनिर्भर हुन र स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले बीमा शुल्कमा ७५ प्रतिशत अनुदान दिने नीति लिएको छ। नेपालमा बीमा समितिबाट विसं २०६९ माघ १ गतेदेखि औपचारिक रुपमा बाली तथा पशुपक्षी बीमा निर्देशिका, २०६९ जारी भई बाली तथा पशुपक्षी बीमाको सुरुवात भए पनि जिल्लामा प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन।

विसं २०७० साउन १ गतेदेखि नेपाल सरकारले बाली तथा पशुपक्षी बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो। नेपाल सरकारले लागू गरेको पशुपक्षी बीमा कार्यक्रम पाउनुभन्दा धाउनु बढी भएकाले जिल्लामा प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको कृषकले बताउने गरेका छन्। रासस


प्रकाशित : शनिबार, साउन २० २०८००५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend