मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

बजार अनुगमनका लागि जनशक्ति पर्याप्त भएन : वाणिज्य विभाग

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १९ २०८०
images
images
बजार अनुगमनका लागि जनशक्ति पर्याप्त भएन : वाणिज्य विभाग

'विभागका कार्यलयभित्रकै काम गर्नका लागि पर्याप्त कर्मचारी छैनन्। सूचना प्रविधि (आइटी) शाखामा अहिले कर्मचारी नै छैनन्। बजार अनुगमनमा खटिने कर्मचारीको पनि अभाव छ'

images
images

काठमाडौं- बजार अनुगमनका लागि कर्मचारी अभाव भएको गुनासो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको छ। विभागमा आज आयोजित भेटघाटका क्रमका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले विभागको दैनिक कार्य सञ्चालनकै लागि कर्मचारी अभाव रहेको र बजार अनुगमनको कामसमेत प्रभावकारी हुन नसकेको बताए।

images
images
images

'विभागका कार्यलयभित्रकै काम गर्नका लागि पर्याप्त कर्मचारी छैनन्। सूचना प्रविधि (आइटी) शाखामा अहिले कर्मचारी नै छैनन्। बजार अनुगमनमा खटिने कर्मचारीको पनि अभाव छ', उनले भने, 'अब चाँडबाड नजिकिँदै गर्दा बजार अनुगमन बढाउनुपर्ने भएकाले हामीले कम्तीमा एक जना उपसचिव र १० जना शाखा अधिकृतसहितको टोली माग गरेका छौँ।'

images
images

त्यस्तै अहिले स्थानीय तहलाई नै बजार अनुमगनको अधिकार भएकाले सम्बन्धित क्षेत्रभित्र पालिकाबाटै बजार अनुगमन हुनु जरुरी रहेको उनको भनाइ छ। विभागले आजै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै सबै स्थानीय तहलाई बजार अनुगमनका काममा गम्भीर हुन भनेको छ। पछिल्लो समय चामलमा भइरहेको मूल्यवृद्धिबारे स्थानीय तहले अनुगमन बढाउन आवश्यक रहेको विभागको भनाइ छ।

images
images
images

'हाल भारतबाट चामल निर्यातमा प्रतिबन्ध लगाइएको भन्ने बहानामा विभिन्न स्थानमा चामल आदि खाद्यान्न वस्तुको मूल्यवृद्धि भएको भनि समाचार एवं गुनासो प्राप्त भइरहेको साथै निकट भविष्यमा चाडबाड नजिकिइरहेका बेला स्थानीय तहबाट पनि बजार अनुगमन गर्ने संवैधानिक एवं कानूनी व्यवस्थाअनुसार नियमित बजार अनुगमनका लागि सम्पूर्ण स्थानीय तहलाई लेखिपठाइ दिनहुन सादर अनुरोध छ।' विभागले मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ।


प्रकाशित : शुक्रबार, साउन १९ २०८०१३:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend