मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

बुटवल उपमहानगरमा गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क

images
शुक्रबार, साउन १९ २०८०
images
images
बुटवल उपमहानगरमा गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क

उनले महिलाको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर नियमितरुपमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिरहेको बताए। 

images
images

बुटवल-  बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ (भिडियो एक्सरे) सेवा निःशुल्क सुरू गरेको छ। 

images
images
images

बुटवल उपमहानगरपालिका–९ र ११ का लागि बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा सुरु भएको घोषणा  गरेका हुन्।  नगर प्रमुख पाण्डेयले नगरले स्वास्थ्यका क्षेत्रमा धेरै काम गरिरहेको जनाउँदै शिशु पोषण कार्यक्रमअन्तर्गत रु दुई हजार, महिलाको पाठेघरको परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम गरिरहेको बताए। 

images
images

उनले उपमहानगरपालिकाले १२ वटा स्वास्थ्य संस्थालाई अझ सुविधासम्पन्न बनाउने र छिट्टै नै बुटवल–१३ र १७ मा सुविधासम्पन्न अस्पताल सञ्चालन हुने बताए। 

images
images
images

उनले महिलाको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर नियमितरुपमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिरहेको बताए। 

अबदेखि बुटवलका १२ वटै स्वास्थ्य संस्थामध्ये बुद्धनगरको सहरी स्वास्थ्य संस्थामा हरेक महिना तीन दिन र अन्य संस्थाबाट हरेक महिना एकदिन गर्भवती महिलाको भिडियो एक्सरे निःशुल्क सेवा सञ्चालन हुने स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले बताए। रासस


प्रकाशित : शुक्रबार, साउन १९ २०८०११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend