मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

भ्रमणका नाममा एक वर्षमै ८ करोड खर्च, सबैभन्दा बढी पूर्वराष्ट्रपति विद्यादेवी आयसल्याण्ड जाँदा १ करोड ६२ लाख

बढी भ्रमण गर्नेमा राष्ट्रिय सभाका अध्यक्ष पनि

images
शुक्रबार, साउन १९ २०८०
images
images
भ्रमणका नाममा एक वर्षमै ८ करोड खर्च, सबैभन्दा बढी पूर्वराष्ट्रपति विद्यादेवी आयसल्याण्ड जाँदा १ करोड ६२ लाख

गत आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख , राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री तथा कर्मचारीको भ्रमणमा मात्रै सरकारले ८ करोड ५ लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ। जसमा सबैभन्दी बढी भ्रमण खर्च पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको रहेको छ।

images
images

काठमाडौं- गत आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री तथा कर्मचारीको भ्रमणमा सरकारले ८ करोड ५ लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ। जसमा सबैभन्दा बढी भ्रमण खर्च पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको रहेको छ।

images
images
images

कात्तिक २१ देखि २८ गतेसम्म एक साताको आयसल्याण्ड भ्रमणमा भण्डारीले १ करोड ६२ लाख ५ हजार रुपैयाँ निकासा भएको छ। खर्च रकम परराष्ट्र मन्त्रालयमार्फत भुक्तानी भएको छ। दोस्रो बढी खर्च प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण खर्च ९५ लाख २७ हजार ३ सय ३२ रहेको छ।  बढी भ्रमण गर्नेमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना रहेका छन्। यसगरी बढी भ्रमण गर्नेमा सचिव धनराज ज्ञवालीसमेत छन्।

images
images

यसैगरी राष्ट्रिय सभाका अध्यक्षसहितको ९ सदस्यीय रुवान्डा भ्रमण खर्च तथा प्रतिनिधि सभाका उपसभामुखसहित ४ सदस्यको पाकिस्तान तथा विभिन्न समितका सभापतिको भ्रमण खर्चमा ७१ लाख ३४ हजार १ सय ३४ रुपैयाँ खर्च भएको छ। 

images
images
images

इको हाइलेभल पोल्टिकल फोरम प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्चमा १९ लाख ८८ हजार १ सय २४ रुपैयाँ र एसिया प्यासिफिक ग्रु अन मनी लउन्डेरिङ मलेसिया भ्रमणमा २६ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ।

राष्ट्रिय सभाका अध्यक्षको जापान भ्रमण खर्च ७ लाख ४५ हजार ५९ रुपैयाँ, पूर्वपरराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमण खर्च १ लाख ३४ हजार ६ सय ८७ रुपैयाँ रहेको छ।

परराष्ट्र मन्त्रालयको प्रतिनिधिमण्डलको संयुक्त राष्ट्रसंघको ७७ औँ महासभा तथा नेपाल क्यानडा बीचको दुईपक्षीय बैठक भ्रमण २८ लाख ९६ हजार रुपैयाँ र पूर्वसभामुख अग्निप्रसाद सपकोटाको निमन्त्रणमा चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समित अध्यक्षको नेपाल भ्रमण खर्च ४१ लाख १४ हजार रुपैयाँ रहेको छ। यसैगरी राष्ट्रिय सभाका अध्यक्षसहितको भ्रमण मण्डलको खर्च ३४ लाख २३ हजार रुपैयाँ भएको छ। 


प्रकाशित : शुक्रबार, साउन १९ २०८००८:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend