मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

सामुदायिक ‘होमस्टे’मा जीन बैंक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १९ २०८०
images
images
सामुदायिक ‘होमस्टे’मा जीन बैंक

कृषिको सबै जातलाई समेटेर समुदाय तहमा संरक्षणका लागि पहल गर्न नेपालमा सामुदायिक बीउ बैंक विसं २०५१ मा स्थापना भए पनि त्यसको खासै प्रभाव भने देखिएको छैन। 

images
images

जानकी- आनुवंशिक स्रोत संरक्षण गर्ने उद्देश्यले गाभर भ्याली सामुदायिक जीन बैंक स्थापना गरिएको छ। गाभर (च्यामा गाभर सुतैया क्लस्टर) क्षेत्रलाई एउटा क्षेत्रका रुपमा लिइ विसं २०७९ फागुन २४ गते नेपाल सरकारबाट अध्ययन तथा अनुसन्धानपश्चात् उक्त क्षेत्रमा सामुदायिक जीन बैंक स्थापना गरिएको हो।

images
images
images

थुप्रै घरायसी जीन बैंक मिलेर सामुदायिक जीन बैंक बन्ने सामुदायिक जीन बैंक सञ्जालका सचिव एवं गाभर भ्याली सामुदायिक होमस्टेका (घरबास) सञ्चालक कृष्ण चौधरीले बताए। उनका अनुसार जीन बैंक स्थापना भएसँगै गाभर भ्याली होमस्टे क्षेत्रका बासिन्दा आणुवाशिंक स्रोत संरक्षणमा सक्रिय छन्। 'यस क्षेत्रका समुदाय जीन बैंक स्थापनाका लागि परम्परागत शैलीमा संरक्षण गर्न अग्रसर छन्', उनले भने।

images
images

समुदायको जिम्मेवारीमा आफ्नो क्षेत्रमा पाइने बाली, घाँसे बाली, जलीय कृषि वस्तु, पशुपक्षी, किरा, सुक्ष्म जिवाणुको आणुवंशिक विविधता संरक्षण तथा उपयोग हुनेगरी गरिएको व्यवस्थापन प्रणाली नै सामुदायिक जीन बैंक हो। कृषिको सबै जात (बाली, घाँसेबाली, पशुपक्षी, किरा, सुक्ष्म जिवाणु र जलीय जीवको संरक्षण तथा उपयोगमा जोड दिन २०७८ फागुन २४ गते उक्त जीन बैंक स्थापना गरिएको थियो।

images
images
images

नेपाल कृषि जैविक विविधतामा धनी छ तर मौलिक वस्तु लोप हुनेक्रम तीव्र भएकाले जीन बैंक स्थापना भएदेखि कृषि जैविक विविधता भित्र पर्ने छ प्रकारका आणुवाशिक स्रोतको संरक्षण भएको छ। गाभर भ्याली पर्यापर्यटकीय क्षेत्र भएको हुँदा यस क्षेत्रमा आउने पर्यटकले अणुवांशिक स्रोत संरक्षण गर्नुपर्छ भन्ने ज्ञानको विकास भएको जीन बैंक सञ्जालका सचिव चौधरीले बताए।

मौलिक वस्तु तथा प्रविधि नै जीवन र आर्थिक उन्नतिका आधार भए पनि करिब ५० प्रतिशत रैथाने कृषि विविधता हराइसकेको छ। कृषिको सबै जातलाई समेटेर समुदाय तहमा संरक्षणका लागि पहल गर्न नेपालमा सामुदायिक बीउ बैंक विसं २०५१ मा स्थापना भए पनि त्यसको खासै प्रभाव भने देखिएको छैन। रासस


प्रकाशित : शुक्रबार, साउन १९ २०८००८:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend