मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

सरकारले आर्थिक सहायताका नाममा एक वर्षमै बाँड्यो ७ करोड ६० लाख, कुन महिना कति?

सबैभन्दा बढी आर्थिक वर्षको अन्तिम महिनामा २ करोड ४० लाख वितरण

images
शुक्रबार, साउन १९ २०८०
images
images
सरकारले आर्थिक सहायताका नाममा एक वर्षमै बाँड्यो ७ करोड ६० लाख, कुन महिना कति?

मन्त्रिपरिषदको निर्णयमा अर्थ मन्त्रालयले आर्थिक सहायता रकम वितरण गर्दै आएको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी रकम गत आर्थिक वर्षको अन्तिम महिना असारमा वितरण भएको छ।

images
images

काठमाडौं- सरकारले आर्थिक सहायता शीर्षकमा एक वर्षकै समयमा ७ करोड ६० लाख ८८ हजार ९४ रुपैयाँ वितरण गरेको छ। जसमा राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वराष्ट्रपति रामवरण यादवको उपचारका लागि दिइएको सहायतासमेत जोडिएको छ। रामवरण यादवलाई २५ लाख र रामचन्द्र पौडेललाई ५५ लाख आर्थिक सहयोग गरिएको छ।

images
images
images

यसैगरी ग्यास विष्फोट भइ घाइते भएका र नेपालमै उपचार असम्भव भएपछि सरकारले नै भारत उपचारमा पठाएका कांग्रेस सांसद चन्द्रकान्त भण्डारीको हवाई एम्बुलेन्स भाडा रकमसमेत रहेको छ।

images
images

अर्थ मन्त्रालय सार्वजनि गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/०८० मा कुल ७ करोड ६० लाख ८८ हजार ९४ रुपैयाँ आर्थिक सहायत शीर्षकमा वितरण गरिएको हो। 

images
images
images

मन्त्रिपरिषदको निर्णयमा अर्थ मन्त्रालयले आर्थिक सहायता रकम वितरण गर्दै आएको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी रकम गत आर्थिक वर्षको अन्तिम महिना असारमा वितरण भएको छ। असारमा मात्रै २ करोड ४० लाख ४९ हजार ९ सय ८२ रुपैयाँ आर्थिक सहायत शीर्षकमा वितरण भएको छ।

यसैगरी दोस्रो बढी रकम वितरण मंसिरमा भएको छ। मंसिरमा १ करोड ३० लाख ८४ हजार ९ सय ५६७ रुपैयाँ वितरण भएको छ। गत आवकै बैशाख महिनामा भने आर्थिक सहायत शीर्षकमा रकम वितरण भएको छैन। यसैगरी सबैभन्दा कम रकम चैतमा ३ लाख वितरण भएको छ।

कुन महिना कति वितरण

साउन- ९२ लाख रुपैयाँ

भदौ- १ करोड ४१ लाख ७७ हजार ४ सय २४ रुपैयाँ

असोजमा- २५ लाख रुपैयाँ

कात्तिक- ४४ लाख रुपैयाँ 

मंसिर- १ करोड ३० लाख ८४ हजार  ९ सय ५७ रुपैयाँ

पुस- ८८ लाख ७२ हजार ५ सय २४ रुपैयाँ

माघ- २४ लाख  रुपैयाँ

फागुन- ६६ लाख ८८ हजार १ सय ६४ रुपैयाँ

चैत-३ लाख रुपैयाँ

वैशाख- शून्य

जेठ- ३५ लाख रुपैयाँ 

असार- २ करोड ४० लाख ४९ हजार ९ सय ८२ रुपैयाँ


प्रकाशित : शुक्रबार, साउन १९ २०८००७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend