काठमाडौं- हिमालयन रि इन्स्योरेन्सले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो।
नेपालको दोस्रा पुनर्बीमा कम्पनीले प्रस्ताव पारितगरेसंगै १० अर्ब रूपैयाँ चुक्तापुँजी रहेको कम्पनीले ३ अर्ब रूपैयाँ बराबरको ३ करोड सभाले आईपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन पनि गरेको छ ।
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति समर्थन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ।