शुक्रबार, असोज ४ गते २०८१    
images
images

धरासायी बन्दै ‘कान्तिपुर यातायात’

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २६ २०७८
images
images
धरासायी बन्दै ‘कान्तिपुर यातायात’

स्थापनाकालदेखि नै कान्तिपुर यातायात सेवा प्रालिले ‘नन स्टप’ यात्रुलाई सेवा प्रदान गर्दै आए पनि पछिल्लो समय प्रालिको नेतृत्व राम्रो नहुँदा धरासायी बन्दै गएको हो।

images
images

काठमाडौं- कुनै बेला काठमाडौंको सडकमा छ्याप्छ्याप्ती देखिने ‘कान्तिपुर यातायात’ यतिबेला धरासायी बन्दै गएको छ। दुईवटा रुटमध्ये एउटा रुट काठमाडौंको बल्खु-कलङ्की-नयाँबसपार्क-महाराजगञ्ज चोक हुँदै रत्नपार्कसम्म र अर्को रुट नयाँ बसपार्कदेखि महाराजगञ्ज-पुरानो बसपार्क-नयाँ बानेश्वर-एयरपोर्ट-चाबहिल हुँदै नयाँ बसपार्कसम्म आवतजावत गर्दै आएको कान्तिपुर यातायात यति बेला धरासायी अवस्थामा पुगेको हो। 

images
images
images

विसं २०५८ मा २३ वटा बसबाट सेवा प्रारम्भ गरेको कान्तिपुर यातायातले राजधानीमा कुनै समय ८० वटा बसमार्फत यात्रुको सेवा प्रदान गर्दै आएको थियो। स्थापनाकालमा काठमाडौंको कलङ्की खसीबजारबाट यात्रुको सेवा प्रदान गरेको सो यातायातले विसं २०५९ मा ३० वटा बस खरिद गरी नयाँ बसपार्कबाट बानेश्वर रुटमा सवारी साधन सञ्चालन गरी यात्रुलाई सेवा दिँदै आएको थियो।

स्थापनाकालदेखि नै कान्तिपुर यातायात सेवा प्रालिले ‘नन स्टप’ यात्रुलाई सेवा प्रदान गर्दै आए पनि पछिल्लो समय प्रालिको नेतृत्व राम्रो नहुँदा धरासायी बन्दै गएको हो। कान्तिपुर यातायात सेवा प्रालिका संस्थापक अध्यक्ष दीपक अधिकारी र वर्तमान अध्यक्ष हरिशरण केसी ‘हुस’ दुवैजना अहिले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष छन्। 

दुई रुटमा गरेर झण्डै ८० वटा कान्तिपुर यातायात सञ्चालन हुँदै आएकोमा हाल जम्मा १५-२० सवारी साधनमात्र ओहोरदोहोर हुँदै आएका छन्। बल्खुदेखि रत्नपार्क रुटमा ४९ कान्तिपुर यातायात चल्दै आएकोमा हाल १५-२० वटामात्र यातायात सञ्चालन हुँदै आएको छ। नयाँ बसपार्कदेखि पुरानो बसापार्क, बानेश्वर हुँदै चल्ने कान्तिपुर यातायात भने अहिले पूर्णरूपमा बन्द छ।

images

रत्नपार्क हुँदै बल्खुसम्म चल्ने कान्तिपुर यातायातले यात्रु पाएमात्र बल्खुसम्म पुग्ने र यात्रु नभएमा बीच बाटोबाट फर्काउने गरेका छन्। लाजिम्पाटबाट वनस्थली जान कान्तिपुर यातायात चढ्नुभएका विपिन घिमिरेलाई माछापोखरीमा लगेर बसबाट झर्न लगाइयो।

यस्तै महाराजगञ्ज चोकबाट बालाजु जान कान्तिपुर यातायात चढ्नुभएकी अनुशा अधिकारीलाई पनि माछापोखरीमा झर्न लगाइयो। यी केवल प्रतिनिधिमूलक घटना मात्र हुन्। पछिल्लो समय कान्तिपुर यातायात चढ्ने थुप्रै यात्रुले यस्तै दुःख भोग्न बाध्य छन्। कान्तिपुर यातायात प्रालिमा लामो समयदेखि चालक एवं सहचालकका रूपमा काम गर्दै आएका एक कर्मचारीले भने, 'कान्तिपुर यातायातमा पहिलेको जस्तो अहिले यात्रुको चाप छैन, यात्रु थोरै हुँदा बल्खु नपुर्‍याई बाटोबाटै फर्काउन बाध्य हुनुपरेको छ, बल्खुसम्म पुग्दा तेल खर्च उठ्न धौधौ हुन्छ।'

पछिल्लो समय काठमाडौंको चक्रपथमा महानगर, महासागरलगायतका यातायात कम्पनीले यात्रुलाई सेवा प्रदान गर्दै आइरहेका छन्। कान्तिपुर यातायात सेवा प्रालिका अध्यक्ष  केसी २० वर्ष पुराना गाडीलाई विस्थापित गर्ने नियम सरकारले लागू गरेका कारण कान्तिपुर यातायातको सङ्ख्यामा कमी आएको बताउँछन्। कान्तिपुर यातायात पुरानो भएका कारण सडकमा कम भएको उनको भनाइ थियो। 

'हामीले कान्तिपुर यातायातका नयाँ बस चाँडै नै खरिद गर्न लागिरहेका छौँ', अध्यक्ष केसीले भने। कान्तिपुर यातायातमा सुरुमा ३०-३५ व्यवसायीको लगानी रहेको थियो। देशभरका आम यातायात व्यवसायीको नेतृत्व गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको नेतृत्व तहमा बसेका व्यक्तिले नेतृत्व गरेको यातायात प्रालि नै धरासायी बनेपछि अरु व्यवसायीले नेतृत्व गरेको कम्पनी कस्तो होला? प्रश्नचिह्न खडा भएको छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक २६ २०७८१०:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend