बिहीबार , वैशाख २० गते २०८१    
images
images

यी हुन् २०२३ मा एउटै विद्युतीय स्कुटर आयात नभएका ब्रान्ड

images
images
images
यी हुन् २०२३ मा एउटै विद्युतीय स्कुटर आयात नभएका ब्रान्ड

अधिकांश चिनियाँ ब्रान्ड भएकाले स्कुटर बिग्रिएपछि समयमा सर्भिस तथा स्पेयर पार्टस् उपलब्ध नहुँदा पनि उपभोक्ताले विद्युतीय स्कुटर नरुचाएका हुनसक्छन्। 

images
images

काठमाठौं- पावर र रेन्जका कारण नेपाली उपभोक्ताले विद्युतीय स्कुटरमा उति रुचि देखाएका छैनन्। एक दशकभन्दा बढी समयदेखि नेपाली बजारमा विभिन्न ब्रान्डका विद्युतीय स्कुटर बिक्री हुँदै आइरहेको छ। त्यसकाबीच पनि नयाँ नयाँ ब्रान्ड आइरहेका छन् तर विद्युतीय स्कुटरको बजारहिस्सा अपेक्षाकृत बढेको छैन।

images
images
images

पछिल्लो समय केही ब्रान्डका विद्युतीय स्कुटर तुलनात्मक रुपमा शक्तिशाली आउन थालेका छन्। त्यसैले यसअघि आयात भइरहेका विद्युतीय स्कुटर ब्रान्ड विस्थापित हुने र नयाँ ब्रान्ड आउने क्रमपनि बढेको छ। 

images

विद्युतीय स्कुटरप्रति उपभोक्ता आकर्षित नभएको पुष्टि दर्जनौँ ब्रान्डका सयौँ मोडल आउँदा पनि कुनैको रोजाइमा नपर्नु र आयातको तथ्यांकमा आएको गिरावटले गर्छ। विद्युतीय स्कुटरमा जडान भएको मोटर पावर कम हुँदा सामान्य उकालोमा समेत दुई जना नतान्नु र बलिया उत्पादकहरूको उपस्थिति कम हुनुले पनि विद्युतीय स्कुटरको स्वीकार्यता बढ्न नसकेको हो। 

images

उत्पादकहरूले विद्युतीय स्कुटरको क्षमता बढाएर ल्याउने क्रमसमेत बढेको छ। त्यसैले आगामी दिनमा भने यसको स्वीकार्यता बढ्ने अनुमान गरिएको छ। २०२२ को तुलनामा २०२३ मा विद्युतीय स्कुटरको आयात नै कम भएको छ। केही नयाँ ब्रान्डका विद्युतीय स्कुटर नेपाल भित्रिएका छन्। तर विगतका वर्षमा आयात भएका कयौँ ब्रान्डका विद्युतीय स्कुटर २०२३ मा एउटा पनि आयात भएका छैनन्। 

images
images

२०२२ को अप्रिलदेखि २०२३ को मार्चसम्म जम्मा २ हजार ७५ वटा विद्युतीय स्कुटर नेपाल भित्रिएको तथ्यांक छ। जब कि २०२१ को अप्रिलदेखि २०२२ को मार्चसम्म ६ हजार ५ सय १० वटा विद्युतीय स्कुटर आयात भएको थियो। 

ठूला व्यवसायिक घराना पनि विद्युतीय स्कुटरको व्यापारमा छन्। उनीहरू पनि विद्युतीय स्कुटरको व्यापारबाट सन्तुष्ट हुन सकेका छैनन्। एक वर्षमा विद्युतीय स्कुटरको आयात २ तिहाइले घटेको भन्सारको तथयांकले देखाउँछ।  

२०२२ मा आयात भएको अधिकांश ब्रान्डका विद्युतीय स्कुटरहरू २०२३ मा आयात भएका छैनन्। २०२३ मा करिब दुई दर्जन नयाँ ब्रान्डका विद्युतीय स्कुटर आयात भएका छन्। हाल नेपाली बजारमा करिब ८० वटा ब्रान्डका २ सयभन्दा बढी मोडलका विद्युतीय स्कुटर भित्रिसकेका छन्। 

नेपाली बजारमा सबैभन्दा बढी चिनियाँ र भारतीय ब्रान्डका विद्युतीय स्कुटर आयात हुँदै आएको छ। त्यस्तै केही ब्रान्ड जापान, कोरियालगायत मुलुकबाट आयात हुँदै आएको छ। सहरी यात्राका लागि उपयोगी भएको र विगतको तुलनामा शक्तिशाली स्कुटरहरू आएकाले यो युनिसेक्स सवारीका रुपमा स्थापित भइसकेको छ। तर विद्युतीय स्कुटरप्रति भने नेपाली उपभोक्ता अझै आकर्षित भइनसकेको आयातित ब्रान्ड तथा संख्या र बिक्रीबीच नमिलेको तादतम्यले पनि पुष्टि गर्छ। 

अघिल्ला वर्षहरूमा आयात भएको विद्युतीय स्कुटरहरू पनि स्टकमा छन्। यहाँ २०२२ मा राम्रै संख्यमा आएका तर २०२३ एउटै विद्युतीय स्कुटर आउन नसकेका ब्रान्डबारे उल्लेख गरिएको छ। 

ओकिनावा 

२०२१ मा ४२४

२०२२ मा ११३ 

२०२३ मा शून्य

हिरो

२०२१ मा ३५

२०२२ मा ८० 

२०२३ मा शून्य

इडंकी

२०२१ मा ७२ 

२०२२ मा शून्य 

२०२३ मा शून्य

गुवाङडोङ

२०२२ मा ५० 

२०२३ मा शून्य

गेमोपाइ

२०२१ मा ३८

२०२२ मा १२०

२०२३ मा शून्य

एरोमा

२०२२ मा १२०

२०२३ मा शून्य

आहान

२०२२ मा २५५

२०२३ मा शून्य

एक्सरभल

२०२२ मा ४०

२०२३ मा शून्य

मिकू

२०२२ मा २४

२०२३ मा शून्य

आइमा

२०२२ मा १४३ 

२०२३ मा शून्य

ईभीट्रिक 

२०२२ मा ३४ 

२०२३ मा शून्य

एम्पेयर

२०२२ मा ४० 

२०२३ मा शून्य

पवरहगस्

२०२२ मा २० 

२०२३ मा शून्य

दोहान

२०२२ मा ६५ 

२०२३ मा शून्य

ओकाया 

२०२२ मा ४० 

२०२३ मा शून्य

हर्विन

२०२२ मा ३२ 

२०२३ मा शून्य

बिनिङ 

२०२२ मा ३२ 

२०२३ मा शून्य

अन्य केही ब्रान्डले पनि आर्थिक वर्ष २०२३ मा विद्युतीय स्कुटर आयात गर्न सकेका छैनन्। अधिकांश चिनियाँ ब्रान्ड भएकाले स्कुटर बिग्रिएपछि समयमा सर्भिस तथा स्पेयर पार्टस् उपलब्ध नहुँदा पनि उपभोक्ताले विद्युतीय स्कुटर नरुचाएका हुन सक्छन्। 

images

प्रकाशित : सोमबार, साउन १५ २०८००२:५४

प्रतिक्रिया दिनुहोस