शनिबार, असोज ५ गते २०८१    
images
images

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

images
शनिबार, साउन १३ २०८०
images
images
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरोका कारण यस सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ।

images
images

चितवन- पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ। यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो।

images
images
images

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका-६ कालीखोलामा पहिरो गएको हो। पहिरो बिहान ८ः५५ बजेसम्म पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो। पहिरोका कारण रोकिएका सवारी साधन पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन्।

यसअघि आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो। पहिरोका कारण यस सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ। रासस


प्रकाशित : शनिबार, साउन १३ २०८००५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend