शनिबार, असोज ५ गते २०८१    
images
images

गण्डकी : मनाङ र मुस्ताङमा लम्पी स्किन नियन्त्रण, अन्य जिल्लामा पनि घट्दै संक्रमण दर

images
शुक्रबार, साउन १२ २०८०
images
images
गण्डकी : मनाङ र मुस्ताङमा लम्पी स्किन नियन्त्रण, अन्य जिल्लामा पनि घट्दै संक्रमण दर

गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ मा लम्पी स्किनको संक्रमण देखिएको छ।

images
images

गण्डकी- गाईभैँसीमा फैलिएको लम्पी स्किनको संक्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ। प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको संक्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

images
images
images

'मुस्ताङ र मनाङमा लम्पी स्किनको संक्रमण केही रोकिएको छ, अरु जिल्लामा संक्रमण दर कम हुँदै गए पनि फाट्टफुट्ट रुपमा देखिएको छ', मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा ग्रिष्म न्यौपानेले भने, 'गाईभैँसीमा औषधोपचार र खोप अभियान चलिरहेको छ।' उनका अनुसार प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ मा लम्पी स्किनको संक्रमण देखिएको छ।

मुस्ताङको लोमान्थाङ, लो-घेकर दामोदरकुण्ड र मनाङको मार्फाभूमि गाउँपालिकामा अहिलेसम्म उक्त रोगको संक्रमण नदेखिएको महाशाखा प्रमुख डा न्यौपानेले जानकारी दिए। विसं २०७७ मा पहिलोपटक कास्की, तनहुँ र नवलपुरमा देखिएकामा हालसम्म प्रदेशका ५८ हजार नौ सय ८२ गाईभैँसी संक्रमित भएका मन्त्रालयले जनाएको छ। 'संक्रमितमध्ये दुई हजार दुई सय ८४ गाईभैँसीको मृत्यु भएको छ भने २७ हजार एक सय १८ गाईभैँसी निको भएका छन्', उनले भने, 'बाँकी संक्रमित गाईभैँसीको अहिले पनि उपचार भइरहेको छ।'

गण्डकीमा कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म एक लाख तीन हजार दुई सय ३० गाईभैँसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको महाशाखा प्रमुख डा न्यौपानले जानकारी दिए। 'जिल्लास्थित भटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ। संक्रमित पुश भेटिए तुरुन्त औषधोपचार गरिरहेका छौँ', उनले भने, 'संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्तरमा सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।'

images

भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जिल्लामा रोगको संक्रमण भित्रिएपनि फैलन नपाएको बताए। 'ज्यादै कम संख्यामा रोगको संक्रमण देखिएको थियो, अहिले नियन्त्रणमा आएको छ', उनले भने, 'खोप अभियानलाई तीव्र बनाएका छौँ, पशु प्राविधिक गाउँगाउँ खटिनुभएको छ।'

हिमाली जिल्लामा गाईभैँसीपालन कम हुने भएकाले पनि रोग नियन्त्रण गर्न सहज भएको केन्द्रका प्रमुख कुसुमको भनाइ थियो। चरिचरनमा लैँजादा, एउटै पोखरीको पानी खुवाउँदा, साझा सुइँको प्रयोगलगायत कारणले लम्पी स्किन गाईभैँसीमा सर्ने गरेको उनले बताए। संक्रमित गाईभैँसीको ओसारपसार नै यो रोग फैलिनुको मुख्य कारण रहेको पशु चिकित्सक बताउँछन्।

उक्त रोगको औषधि पत्ता नलागेकाले खोप नै बढी प्रभावभारी हुने महाशाखा प्रमुख डा न्यौपानले बताए। उनका अनुसार लामखुट्टे, किर्नाजस्ता टोक्ने किराबाट लम्पी स्किन गाईभैँसीमा सर्ने गरेको छ। भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा रोग निको हुने उनले जानकारी दिए।

लम्पी स्किन रोग लाग्दा गाईभैँसीमा उच्च ज्वरो आउने, तौल घट्ने, छालामा गाँठागुँठी आउनेजस्ता लक्षण देखिने गरेको छ। सयममै संक्रमण नियन्त्रण गर्न नसके ठूलो पशुधनको क्षति व्यहोर्नुपर्ने अनुमान नेपाल पशु चिकित्सा परिषद्ले गरेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन १२ २०८००६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend