शनिबार, असोज ५ गते २०८१    
images
images

पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना

images
शुक्रबार, साउन १२ २०८०
images
images
पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना

पर्यटकलाई पनौती क्षेत्रभित्रका पर्यटकीयस्थलको परिचय दिई घुम्न जाने सवारी साधनको व्यवस्थापन, पनौती आएका पर्यटकलाई पर्ने समस्यालाई सहज बनाउने तथा सुरक्षासमेत प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो।

images
images

काभ्रे- काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ। पनौती पर्यटन विकास केन्द्रको १५औँ स्थापना दिवसका अवसरमा सम्पदा क्षेत्र अवस्थित ७ नं वडामा केन्द्रको स्थापना गरिएको हो।

images
images
images

बागमती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले एक कायक्रमका बीच बिहीबार उक्त केन्द्रको कार्यालय उद्घाटन गरे। उनले पनौतीलाई धार्मिकरुपमा चिनाउन, पर्यटकको आगमनलाई वृद्धि गराउन, धार्मिक पर्यटकको बसाई लम्ब्याउन आवश्यक रहेको बताउँदै पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रक्रियामा सहयोग गर्ने बताए।

सूचना केन्द्रमार्फत पर्यटकलाई पनौती क्षेत्रभित्रका पर्यटकीयस्थलको परिचय दिई घुम्न जाने सवारी साधनको व्यवस्थापन, पनौती आएका पर्यटकलाई पर्ने समस्यालाई सहज बनाउने तथा सुरक्षासमेत प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो। यस्तै केन्द्रमा पनौतीको सम्पूर्ण पर्यटकीय सूचनालाई व्यवस्थित बनाइने जनाइएको छ।

सो अवसरमा पनौती नगर प्रमुख रामशरण भण्डारीले पनौती क्षेत्रका पर्यटकीयस्थलको विकास, संरक्षण र संवर्द्धनका लागि निरन्तर कार्य भइरहेको बताए। नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले पनौतीको विकास र समृद्धिमा पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताए।

images

पनौतीलाई धार्मिकरुपले परिचित गराउन भएका प्रयासलाई संस्थागत गरी पटकपटक पर्यटकको आगमन हुने गरी स्थानीयस्तरबाट हुनसक्ने सम्भावनालाई अघि बढाउँदै जाने लक्ष्य लिइएको केन्द्रका अध्यक्ष पुरुषोतम कर्माचार्यले बताए। उनका अनुसार पनौती बजार प्रवेश गरेपछि यहाँको संस्कृति र सभ्यताका बारेमा पर्यटकले राखेको चासोलाई सूचना केन्द्रले पूरा गर्न सकोस् भन्ने उद्देश्य राखिएको छ। पनौतीको दिगो विकासका लागि पर्यटन सूचना केन्द्रले थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। 

पनौती पर्यटन विकास केन्द्रले यसअघि एक सय आठ प्रकारका कार्यक्रम गरेको उल्लेख गर्दै संस्थापक अध्यक्ष सुरेश सैंजुले पनौतीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन स्थापित केन्द्रमार्फत थप सहयोग पुग्ने बताए। पर्यटन विकास केन्द्रलाई पनौती नगर कायालयले वर्षेनी आर्थिक सहयोग गर्दै आएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन १२ २०८००६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend