सोमबार, वैशाख २४ गते २०८१    
images
images

उत्तर अमेरिकी चार्जिङ नेटवर्क : टेस्लालाई चुनौती दिन ७ कार उत्पादक एकै ठाउँ

images
images
images
उत्तर अमेरिकी चार्जिङ नेटवर्क : टेस्लालाई चुनौती दिन ७ कार उत्पादक एकै ठाउँ

उत्तर अमेरिकासँग अन्य बजारमा पनि टेस्लाले आफ्नो चार्जिङ नेटवर्क बलियो बनाउने योजना बनाएको छ। टेस्लासँग जोडिने र नयाँ भेञ्चरमा आबद्ध हुनेहरूले आफ्नो विद्युतीय सवारीका लागि दुवै नेटवर्कमा चार्ज गर्न मिल्ने रणनीति बनाएको देखिन्छ।

images
images

काठमाडौैं- विद्युतीय सवारीको उत्पादन तथा प्रयोगकर्ता बढ्दै गएसँगै उत्पादकहरूबीच मूल्यसँगै पूर्वाधार विकासमा पनि तीव्र प्रतिस्पर्धा सुरू भएको छ। सबै सवारी उत्पादकको एकै किसिमको चार्जिङ प्रविधि छैन। तर धेरै कम्पनीहरू आबद्ध भएर एकै किसिमको चार्जिङ प्रविधिमा आबद्ध हुन थालेका छन्। 

images
images
images

अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकले उत्तर अमेरिकी क्षेत्रमा चार्जिङ नेटकर्व विस्तार गर्ने र त्यहाँ सबै सवारी उत्पादकका सवारीलाई आबद्ध गर्नेगरि अलाइनमेन्ट सुरू गरेको छ। टेस्लाको उत्तर अमेरिकी चार्जिङ नेटवर्कमा कयौँ कम्पनीहरू जोडिनेगरि सम्झौता गरिसकेका छन्। 

images

टेस्लाको उक्त नेटवर्क विस्तार हुँदै गर्दा ७ शक्तिशाली कार उत्पादकहरूले नयाँ चार्जिङ नेटवर्क बनाउन अलाइन्स बनाउने घोषणा गरेका छन्। सो अलाइन्सले नयाँ कम्पनी बनाएर अमेरिकी सरकारले उपलब्ध गराउन सहुलियत पाउन निवेदन दिने भएका छन्। 

images

सो समूहमा जनरल मोटर्स (जीएम), स्टेलेन्टिस, हुन्डाई मोटर, किया मोटर, होन्डा, बीएमडब्लू र मर्सिडिज बेन्ज छन्। यी कम्पनीहरूले अमेरिकामा बिक्री हुने कुल सवारीको ५० प्रतिशत हिस्सा ओगट्छन्। तर टेस्लाको दबदबा रहेको विद्युतीय कार सेगमेन्टमा भने उनीहरूको हिस्सा न्यून नै छ। 

images
images

प्रतिस्पर्धीहरूको उक्त अलाइन्स अलि बढी नै अस्वभाविक देखिएको रोयर्टसले लेखेको छ। सो अलाइन्सले सुरूवाती चरणमा उत्तर अमेरिकामा ३० हजार चार्जर जडान गर्ने अनुमान गरिएको छ। उक्त चार्जर राजमार्ग र सहरी क्षेत्रमा राखिने छन्।  

यद्यपी ७ सवारी उत्पादकहरूले विद्युतीय कारका लागि उत्तर अमेरिकी क्षेत्रमा निर्माण गरिने चार्जिङ स्टेसनमा संयुक्त रुपमा वा अलग अलग कति लगानी गर्ने भन्ने खुलाएका छैनन्। तर अमेरिकी सरकारबाट पाउने अनुदानपछि आवश्यक लगानी गर्न तयार गरेको दाबी गरेका छन्। ७ सवारी उत्पादक मिलेर बन्ने भेञ्चरको नाम भने सार्वजनिक गरिएको छैन। 

हरेक कम्पनीले आ-आफ्नो ढंगले चार्जर गरिने लगानीभन्दा संयुक्त रुपमा हुने लगानीबाट धेरै र कम लागतमा बन्ने नयाँ अलाइन्सको कन्सल्टिङ एजेन्सीका प्रतिनिधि अक्षय सिंहले बताएका छन्। यसले उपभोक्ताहरूलाई सहज रुपमा सेवा दिएर एकीकृत गर्ने र तथ्यांक संकलनमा सहयोग पुग्ने उनको जिकिर छ। 

अमेरिमा हाल ३० हजार फास्ट चार्जिङ मेसिनहरू छन् जसको लागत भेरियसनका आधारमा १ लाखदेखि २ लाख अमेरिकी डलर रहेको छ। नयाँ भेञ्चरले बनाउने चार्जिङ नेटवर्कमा अर्बौँ डलर लगानी हुृनेछ। 

ह्वाइट हाउसले ७ सवारी उत्पादकले बनाएको नयाँ भेञ्चरको योजनाको स्वागत गरेको छ। ‘हामीले यो योजनालाई भविष्यका लागि महत्वपूर्ण कदमका रुपमा लिएका छौँ,’ ह्वाइट हाउसका प्रेस सेक्रेटरी कारिन जेन्स-पियरले रोयटर्ससँग भने। चार्जरको इन्सटलेसन र मेन्टेनेन्सले ठूलो मात्रामा रोजगारी सृजना गर्ने ह्वाइट हाउसको बुझाइ छ। 

वाइडेन प्रशासनले २०३० सम्म अमेरिकामा ५ लाख सार्वजनिक चार्जर जडान गर्ने लक्ष्य लिएको छ। यो अहिलेको तुलनामा चार गुणाभन्दा बढीले बढाउनुपर्ने संख्या हो। 

गत वर्ष अमेरिकामा बिक्री भएको कुल विद्युतीय कारमध्ये टेस्लाको हिस्सा ६० प्रतिशतभन्दा बढी छ। त्यस्तै अमेरिकामा फस्ट चार्जको संख्या पनि टेस्लाकै छ। गत वर्षसम्म टेस्लाले अमेरिकामा १८ हजार सुपरचार्जर जडान गरिसकेको छ। 

टेस्ला पछि नयाँ भेञ्चरले फक्सवागनको इलेक्ट्रिफाई अमेरिका, ईभीगोलगायतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यसले उत्तर अमेरिकी क्षेत्रमा चार्जिङ नेटवर्कको विकास तीव्र गतिमा त हुने नै देखिएको छ भने विद्युतीय कारको प्रतिस्पर्धा पनि थप रोमाञ्चक बनाउने निश्चित छ। 

auto maker 7.PNG

टेस्लाको एनएसीएसमा आबद्ध हुने सम्झौता

विद्युतीय कारको उत्पादन तथा बिक्री बढेसँगै चार्जिङ पूर्वाधार निर्माणमा उत्पादकहरू आक्रामक रुपमा लागेका छन्। विद्युतीय कारको चार्जिङ पोर्टमा एकरुपता पाइँदैन। कम्पनीहरूले आफ्नो अनुकूलता वा पेटेन्टका आधारमा चार्जिङ पोर्ट बनाएका छन्। 

सरकारले बनाउने चार्जिङ पोर्टमा एकरुपता भए पनि निजीले बनाउने चार्जिङ स्टेसन अन्य कम्पनीलाई मिल्दैनन्। तर अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्ला इंकले उत्तर अमेरिकी क्षेत्रका लागि एउटै चार्जिङ पोर्ट हुनेगरि काम गरिरहेको छ। टेस्लाको उक्त चार्जिङ नेटपर्कको नाम ‘उत्तर अमेरिकन चार्जिङ स्ट्यान्डर्ड’ (एनएसीएस) रहेको छ। 

टेस्लाले सुपरचार्जर नेटवर्कको विस्तारलाई तीव्रता दिएको छ। टेस्लाको उक्त एनएसीएसमा विभिन्न कम्पनीहरू जोडिने क्रम बढेको छ। पछिल्लो पटक जर्मन विलासी कार उत्पादक मर्सिडिज बेन्जले एनएसीएसमा जोडिने घोषणा गरेको छ। मर्सिडिज उत्तर अमेरिकामा एनएसीएस नेटवर्कमा २०२५ बाट जोडिने भएको छ। 

एनएसीएसमा जोडिनुअघिसम्म मर्सिडिजले बिक्री गर्ने विद्युतीय कार उत्तर अमेरिकी क्षेत्रमा कम्बाइन्ड चार्जिङ सिस्टम (सीसीएसवान)मा चार्ज हुनेछ। त्यसपछि टेस्लाको भने २०२५ बाट मर्सिडिजका विद्युतीय कार उत्तर अमेरिकामा बनेका १२ हजारभन्दा बढी टेस्लाका सुपरचार्जर स्टेसनमा चार्ज हुनेछन्। 

मर्सिडिज बेन्जसँगै फोर्ड, जनरल मोटर्स, रिभियन, भोल्भो, पोलस्टारले टेस्लाको एनएसीएस नेटवर्कमा जोडिने भएका छन्। त्यस्तै अर्को जर्मन कम्पनी फक्सवागन, दक्षिण कोरियन कम्पनी हुन्डाईले समेत टेस्लाको उक्त नेटवर्कमा आबद्ध हुने प्रस्ताव गरेका थिए। तर यी कम्पनीले आबद्धताको सम्झौता भने गरिसकेका छैनन्। 

मर्सिडिज बेन्जले पनि आफ्नै चार्जिङ हव बनाउने योजना बनाएको छ। यो दशकको अन्त्यसम्ममा मर्सिडिजले २ हजारभन्दा बढी चार्जिङ हब बनाउने छ। उत्तर अमेरिकामा मात्र ४ सयभन्दा बढी चार्जिङ हव बन्ने र यसमा २५ सयभन्दा धेरै चार्जर हुने बताएको थियो। 

यसका साथै उत्तर अमेरिकी क्षेत्रमा विद्युतीय कार बिक्री गरिरहेका तथा योजना बनाएका अन्य कम्पनीहरू पनि टेस्लाको एनएसीएस नेटवर्कमा जोडिन छलफल गरिरहेका छन्। उत्तर अमेरिकासँग अन्य बजारमा पनि टेस्लाले आफ्नो चार्जिङ नेटवर्क बलियो बनाउने योजना बनाएको छ।

टेस्लासँग जोडिने र नयाँ भेञ्चरमा आबद्ध हुनेहरूले आफ्नो विद्युतीय सवारीका लागि दुवै नेटवर्कमा चार्ज गर्न मिल्ने रणनीति बनाएको देखिन्छ। उनीहरूको यस्तो रणनीतिलाई आगामी दिनमा टेस्ला र नयाँ भेञ्चरले गर्ने निर्णयले प्रभाव भने पार्न सक्ने अनुमान गरिएको छ। 

images

प्रकाशित : शनिबार, साउन १३ २०८००५:४९

प्रतिक्रिया दिनुहोस