बिहीबार , वैशाख २० गते २०८१    
images
images

भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरू गरिने

images
images
images
भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरू गरिने

इम्बोस्ड नम्बर जडानलाई पनि प्राथमिकता दिइने निर्णय गरिएको छ। सरकारी सवारी साधनमा पहिले इम्बोस्ड नम्बर अनिवार्य गर्ने र त्यसपछि निजी र सार्वजनिक सवारी साधनमा पनि लागु गर्ने गरी तयारी थालिएको छ।

images
images

काठमाडौं- भदौदेखि देशभरका सबै यातायात कार्यालयको  सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ। यातायात क्षेत्र सुधारका लागि संघीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागु गरिने निर्णय गरेको हो।

images
images
images

चालक अनुमतिपत्रसम्बन्धी सेवालाई प्रविधिमैत्री बनाउन र यातायात कार्यालयहरुमा देखिने भिड हटाउन आगामी भदौ महिनादेखि सबै यातायात कार्यालयमा विद्युतीय सेवा विस्तार गर्न लागिएको हो।

images

हाल गण्डकी प्रदेशको पोखरामा मात्र यो सेवा सञ्चालनमा छ। उक्त कार्यालयमा अनलाइन सेवा सफल र प्रभावकारी भएपछि देशभर लागु गर्न लागिएको घोषणापत्रमा उल्लेख छ।

images

इम्बोस्ड नम्बर जडानलाई पनि प्राथमिकता दिइने निर्णय गरिएको छ। सरकारी सवारी साधनमा पहिले इम्बोस्ड नम्बर अनिवार्य गर्ने र त्यसपछि निजी र सार्वजनिक सवारी साधनमा पनि लागु गर्ने गरी तयारी थालिएको छ। इम्बोस्ड नम्बर जडान नभए उसको नवीकरण रोक्नेसम्मको निर्णय भएको घोषणापत्रमा उल्लेख छ।

images
images

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सातै प्रदेशका प्रदेश सरकारले यातायात क्षेत्र सुधारका लागि धुलिखेल घोषणापत्र जारी गरेका हुन्। यातायात क्षेत्र सुधार र कार्यान्वयन योजना बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला,सातै प्रदेशका यातायातमन्त्री, सचिव र दुई प्रदेशका मुख्यमन्त्रीसहित काभ्रेको धुलिखेलमा बैठक भएको थियो।

दुई दिनसम्म चलेको बैठकले यातायात क्षेत्रका समस्या पहिचान गरी ती समस्या मिति नै तोकेर समाधन खोज्नेगरी घोषणापत्र जारी भएको मन्त्री ज्वालाले बताए। यातायात क्षेत्रको रोग पत्ता लगाएर उपचारको विधि पनि तत्काल सुरु गर्ने गरी घोषणापत्र जारी गरिएको उनको भनाइ थियो। मन्त्री ज्वालाले भने, 'यातायात क्षेत्रमा अहिले गरिएका निर्णयहरु कोसेढुंगा साबित हुने विश्वास हामीले लिएका छौँ।'

यातायात व्यवस्था विभागबाहेक सबै कार्यालयहरु प्रदेश मातहत छन्। संघीय सरकारले ऐन, कानून र अन्य कुराको सहजीकरण गर्छ भने प्रदेश सरकारले कार्यान्वयन गर्दछ। कानून बनाउने र लागु गर्ने केन्द्र र प्रदेश सरकारबीचको एउटा महत्वपूर्ण समन्वय बैठक सम्पन्न भएको यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए।

समन्वय बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सहभागी थिए। यी दुई प्रदेशको यातायात मन्त्रालय मुख्यमन्त्रीसँग भएका कारण उनीहरु उपस्थित भएका हुन्। अन्य प्रदेशबाट यातायातमन्त्री र सचिवको सहभागिता थियो भने भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा, सहसचिव अर्जुनजंग थापा, रघुराम विष्टलगायतको पनि सहभागिता थियो।

सो बैठकले सवारी चालक अनुमतिपत्र, स्मार्ट चालक अनुमतिपत्रको छपाइ, इम्बोस्ड नम्बर प्लेट, पुराना सवारी साधनको लगत कट्टा, राइड शेयरिङ, विदेशी सवारी चालकको नेपालीकरण, वैज्ञानिक भाडादर निर्धारणजस्ता विषयमा समन्वय गरेर काम गर्ने निर्णयसमेत गरेको छ। रासस

images

प्रकाशित : मंगलबार, साउन ९ २०८००७:४७

प्रतिक्रिया दिनुहोस