शनिबार, असोज ५ गते २०८१    
images
images

बाँदरले बर्सेनि बाली सखाप पार्दा पनि 'बाली बीमा' मा छैन किसानको आकर्षण

images
सोमबार, साउन ८ २०८०
images
images
बाँदरले बर्सेनि बाली सखाप पार्दा पनि 'बाली बीमा' मा छैन किसानको आकर्षण

भुक्तानी प्रक्रिया झन्झटिलो भएका कारण किसानले बीमा गर्नेतर्फ आकर्षित नभएको जिल्ला कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापाले बताए।

images
images

गलकोट- वर्षा, हिमपात, असिना, हावाहुरी तथा जंगली जनवारले बालीमा क्षति पुर्‍याएका खण्डमा बीमा गरेपछि सो बापतको रकम उपलब्ध हुने गर्दछ। तर बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बीमा भने गर्दैनन्। बाली बीमाप्रति यहाँका किसानको आकर्षण नभएको पाइएको छ।

images
images
images

बाँदरका कारण किसानको बालीमा बर्सेनि नोक्सानी भइरन्छ तर नोक्सानीको भरणपोषणका लागि आवश्यक रहेको बाली बीमातर्फ भने यहाँका किसान आकर्षित नभएको पाइएको हो। कृषि ज्ञान केन्द्र बागलुङले बाली बीमा गर्नका लागि किसानलई ‘प्रिमियम रकम’समेत प्रदान गर्दछ। बालीको सम्भावित क्षतितर्फ किसानको ध्यान नगएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

गत आवमा किसानलाई बाली बीमाको प्रमियम भुक्तानीका लागि कृषि ज्ञान केन्द्रले दुई लाख ४० हजार रूपैयाँ रकम विनियोजन गरेको थियो। हजारौँ किसान रहेको बागलुङमा बाली बीमा कार्यक्रमबाट लाभान्वित हुने किसानको संख्या १३ जना रहेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ।

कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईका अनुसार किसानले गरेको बाली बीमाका आधारमा केन्द्रले बीमाको प्रिमियम रकम प्रदान गर्ने भने पनि १३ किसानले २७ हजार रूपैयाँ प्रिमियम रकम लगेको बताए।

images

'कार्यक्रम हेर्दा सानो थियो तर यसको प्रभावकारिता निकै ठूलो थियो, दुई लाख ४० हजारको बीमाले किसानको करोडौँ बालीको नोक्सानी व्यहोर्न सक्दथ्यो', उनले भने, ' किसान बाली बीमा नै गर्न चाहँदैनन् भन्ने हो, किसानलाई तत्कालैको नगदी अनुदान तथा उपकरण अनुदानमा आकर्षित छन्, बाँदरले पुर्‍याएको क्षतिको समेत बीमा भुक्तानी हुनेछ तर किसानले बाँदरको समस्या ल्याउनुहुन्छ तर बालीको बीमा गर्न मान्नुहुन्न।'

बाँदरलाई जंगली जनवारको क्षतिको रुपमा बीमा दाबी गर्न सकिने जनाउँदै बाली बीमा गर्न किसानलाई प्रोत्साहनस्वरुपको कार्यक्रम कार्यान्वयन भएपनि उनीहरु आकर्षित नभएको उनको भनाइ छ।

भुक्तानी प्रक्रिया झन्झटिलो भएका कारण किसानले बीमा गर्नेतर्फ आकर्षित नभएको जिल्ला कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापाले जानकारी दिए। 'साना किसान बीमाको विषयमा जानकार नै छैनन्, तर ठूला कृषि फर्महरुले बीमा गरे पनि प्रिमियम शुल्क लिन कृषि ज्ञान केन्द्र नगएकासमेत हुन सक्छन्', उनले भने, 'किसानको पेसासमेत जोखिममा छ, जोखिम न्यूनीकरण र क्षतिपूर्तिका लागि किसानले बीमा गर्न आवश्यक छ।'

बाली बीमाप्रति किसान आकर्षित नभए पनि पशु बीमामा भने किसान आकर्षित भइरहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले बताए। उनले पशुबाट बालीको भन्दा बढी क्षति हुने भएकाले किसान पशु बीमा गर्ने गरेका छन्।

पशु बीमा गर्दा लाग्ने प्रिमियमको ८० प्रतिशत संघीय सरकारले छुट दिने गरेको छ भने दुई वर्षअघि गण्डकी प्रदेशले २० प्रतिशत थप गरेर शतप्रतिशत छुटमा बीमा गर्ने गरे पनि अहिले प्रदेश सरकारको कार्यक्रम भने नरहेका उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, साउन ८ २०८००५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend