शनिबार, असोज ५ गते २०८१    
images
images

राष्ट्र बैंकले सीबीडीसीको अध्ययनलाई निरन्तरता दिने 

images
सोमबार, साउन ८ २०८०
images
images
राष्ट्र बैंकले सीबीडीसीको अध्ययनलाई निरन्तरता दिने 

अहिले संसारभरमा ११४ केन्द्रीय बैंकले डिजिटल मुद्राका लागि तयारी सुरु भएका छन्। यसमध्ये १० देशले  काम नै सुरू गरिसकेका छन्।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंक डिजिटल करेन्सी(सीबीडीसी) प्रचलनमा ल्याउनका लागि जारी अध्ययनलाई निरन्तरता दिने भएको छ। 

images
images
images

मौद्रिक नीति मार्फत् सीबीडीसीका लागि अध्ययनलाई निरन्तरता दिने घोषणा गरेको हो। ब्लकचेनमा आधारित डिजिटल मुद्रा जारीका लागि संसाभरका केन्द्रीय बैंकले अध्ययनलाई तीव्रता दिएका छन्। 

नेपाल राष्ट्र बैंकले पहिलो चरणको अध्ययन यसअघि नै गरिसकेको छ। 

राष्ट्र बैंकले गराएको आन्तरिक अध्ययनले नेपालमा खाता तथा टोकनमा आधारित डिजिटल मुद्रा जारी गर्न सकिने सिफारिस गरेको थियो। डिजिटल लिगल टेन्डर जारी गर्नका लागि राष्ट्र बैंक ऐनदेखि नै सुधार आवश्यक रहेको छ। ऐन नियम तथा कानूनसँगै संरचनागत व्यवस्थामा परिवर्तन गर्नुपर्ने अध्ययन प्रतिवेदनमा सिफारिस गरिएको थियो। 

images

सिफारिस अनुसार नै अहिले काम भइरहेको राष्ट्र बैंकले जानकारी दिएको छ।  

केन्द्रीय बैंक डिजिटल मुद्राका लागि उन्नत प्राविधिक पूर्वाधार, व्यक्तिगत डेटा सुरक्षा तथा सुरक्षित प्रणालीका लागि काम गर्नुपर्छ। स्पष्ट उद्देश्य निर्धारण गरेर सीबीडीसी जारी गर्नतिर जानुपर्ने सिफारिसमा उल्लेख गरिएको छ। नेपाल राष्ट्र बैंकले यसका लागि विस्तृत अध्ययन गरी कार्यान्वयनसम्मका कामका लागि छुट्टै संरचनागत व्यवस्था गर्नुपर्ने सिफारिस गरिएको छ। 

संसारभर क्रिप्टोकरेन्सीको जोखिम बढ्दै गएपछि अन्तर्राष्ट्रिय मुद्रा कोषले नै यसमा जोड दिएको छ। संसारका सानादेखि ठूलासम्मका अर्थतन्त्रमा अहिले डिजिटल मुद्राको अध्ययन भइरहेको छ। अहिलेसम्म अध्ययनकै क्रममा रहेकाले यसको विस्तृत तथा व्यवस्थित प्रचलन अझैसम्म छैन। 

डिजिटल मुद्राको प्रचलन भएमा अहिलेको भुक्तानी प्रणाली, बैंकिङ व्यापार तथा लागतमा व्यापक हेरफेर आउने तर योसँगै नयाँ सुरक्षा जोखिम उत्पन्न हुने अध्ययनहरूले देखाएका छन्। 

सीबीडीसीका लागि आवश्यक खर्चिलो अनुसन्धान तथा प्रणालीलाई थेग्न नसक्ने देशहरुलाई केन्द्रीत गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि सहयोग गरिरहेको छ। 

कोषले पछिल्लो समय सीबीडीसीका लागि एकीकृत प्ल्याटफर्म ल्याउने तयारी गरेको छ। सबै देशको कारोबारलाई एकसाथल सहज र सक्रिया बनाउनका लागि एउटै प्ल्याटफर्म ल्याउने तयारीमा कोष रहेको छ।किफायति र समान कारोबारका लागि एकआपसमा जोडिएको प्रणाली आवश्यक हुने र सीबीडीसीको उद्देश्य पनि त्यही भएकाले यस्तो प्रणालीको विकास गर्न लागिएको कोषले घोषणा गरेको छ। 

संसारभरका केन्द्रीय बैंकहरूलाई सीबीडीसीका लागि न्यूनतम समान नियामकीय व्यवस्थाका लागि सहमत गराउन कोषले प्रयास गरिएको छ। यदि एक आपसमा नजोडिएको अवस्थामा त्यसको ठाउँमा क्रिप्टोकरेन्सीले लिने कोषको चिन्ता छ। 

अहिले संसारभरमा ११४ केन्द्रीय बैंकले डिजिटल मुद्राका लागि तयारी सुरु भएका छन्। यसमध्ये १० देशले  काम नै सुरू गरिसकेका छन्। एकआपसमा जोडिएको सीबीडीसी भएमा विश्वव्यापी वित्तीय कारोबारलाई सुलभ बनाउने कोषको विश्वास छ।

 


प्रकाशित : सोमबार, साउन ८ २०८००४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend