शनिबार, असोज ५ गते २०८१    
images
images

पृथ्वीचोकदेखि सेती पुलसम्मको सडकमा पार्किङ गर्न रोक

images
सोमबार, साउन ८ २०८०
images
images
पृथ्वीचोकदेखि सेती पुलसम्मको सडकमा पार्किङ गर्न रोक

पार्किङ हटाएपछि आजदेखि लागु हुने गरी पोखरा प्रवेश गर्ने तथा पोखराबाट बाहिरिने सम्पूर्ण बस सेवा बसपार्कभित्रबाटै सञ्चालन गर्ने निर्णय गरिएको छ।

images
images

कास्की- पर्यटकीय सहर पोखरामा आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा २०५ रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो।

images
images
images

पोखरा-९ पृथ्वीचोकमा बसपार्कका लागि छुट्टाइएको स्थानमा पाँच दशक पुग्न लाग्दासमेत हालसम्म बसपार्कका पूर्वाधार बन्न सकेका छैनन् तर बसपार्क बनाउन छुट्टाइएको जमिन बर्सेनि अतिक्रमणमा परेको छ। बसपार्कभित्र पूर्वाधार नबन्दा लामो तथा बजार क्षेत्रभित्र चल्ने सबै बस बसपार्क अगाडिको सडकबाट गन्तव्यका लागि छुट्ने गरेकामा अबदेखि सबै बसले आफ्नो सेवा बसपार्कबाट नै दिनुपर्ने भएको छ। अहिले बसपार्कभित्रको जमिनमा खाल्डाखुल्डी पुरेर समथर बनाइएको छ।

सडक पेटीमै बस पार्किङ गरेर यात्रु चढाउँदा र झार्ने गर्दा मुख्य बजार क्षेत्र अस्तव्यस्त भएपछि पोखरा महानगरपालिकाले आइतबारदेखि सडकमा पार्किङ हटाएको थियो। पार्किङ हटाएपछि आजदेखि लागु हुने गरी पोखरा प्रवेश गर्ने तथा पोखराबाट बाहिरिने सम्पूर्ण बस सेवा बसपार्कभित्रबाटै सञ्चालन गर्ने निर्णय गरिएको छ।

महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा पर्ने पृथ्वीचोकदेखि सेतीपुल (चाइनापुल)सम्मको  सडकमा पार्किङ गर्न रोक लगाएको हो। जिल्ला सुरक्षा समिति कास्की र पोखरा महानगरको समन्वयात्मक बैठकले सो निर्णय गरेको हो। दुई दिनभन्दा बढी बसपार्कमा होल्ड भई बस्ने सवारी साधनलाई महानगरको प्रशासनिक भवन निर्माणस्थल ड्यामसाइडमा व्यवस्थापन गरिएको महानगरले जनाएको छ।

images

राजमार्गसँगै बसपार्क जोडिएकाले सडकमा पार्किङ गर्दा सवारी आवागमनमा असर पर्नुका साथै बाहिरबाट आएका पर्यटकले बसपार्क अव्यवस्थित र कुरुप देखिँदा पोखराको सुन्दरतामाथिनै प्रश्न उठेपछि बसपार्क वरपरको सडकमा पार्किङ हटाइएको हो। सडक छेउमा हुने पार्किङका कारण सवारीको आवागमनमा असहजतासहित दुर्घटनाको समेत जोखिम बढेपछि अनधिकृत पार्किङ हटाइएको महानगर प्रमुख धनराज आचार्यले बताए।

उनका अनुसार लामो तथा छोटो दुरीका सबै बस अबदेखि बसपार्कभित्रबाट छुट्ने व्यवस्था गरिएको छ। उनले भने, 'पृथ्वीचोकबाट छुट्ने छोटो तथा लामो लामो दुरीका बस बसपार्कबाट नै छुट्ने छुटाउने व्यस्थापन गरिएको छ। महानगरले यातायात व्यवसायीसँग समन्वय गरेको  छ।'

महानगरपालिका, ट्राफिक प्रहरी, स्थानीयवासी र व्यवसायीसमेतको सहयोगमा सडकको पार्किङ हटाइएको महानगरका प्रवक्ता मोती तिमिल्सिनाले बताए। उनले भने, 'लाइनमा बस्ने लामो दुरीका बसलाई मात्रै सडकमा राख्न दिएका छौँ। अन्य सबै सवारीलाई पार्किङ नगर्न सूचित गर्ने, सूचना बोर्ड राख्नेलगायतका काम गरेका छौँ। सडकबाट पार्किङ हटाउने अहिलेको निर्णय पहिलेको जस्तो फिर्ता हुँदैन।' रासस


प्रकाशित : सोमबार, साउन ८ २०८००४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend