शनिबार, असोज ५ गते २०८१    
images
images

जलेश्वर भन्सारको राजस्व असुलीमा कमी, एक वर्षमा दुई अर्ब ८१ करोड ७३ लाख संकलन

images
शनिबार, साउन ६ २०८०
images
images
जलेश्वर भन्सारको राजस्व असुलीमा कमी, एक वर्षमा दुई अर्ब ८१ करोड ७३ लाख संकलन

यसवर्ष उक्त नाकाबाट पेट्रोलियम पदार्थ ढुवानीमा कमी, आलु र प्याज ढुवानीमा कमीलगायत कारणले राजस्व कम असुल भएको हो।

images
images

जलेश्वर- महोत्तरीको प्रमुख भन्सार कार्यालय जलेश्वरको राजस्व असुलीमा २२ प्रतिशतले कमी आएको छ। जलेश्वर भन्सारले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा कम राजस्व असुली गरेको हो।

images
images
images

जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलका अनुसार भन्सार विभागले आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ६३ करोड ९१ लाख रूपैयाँ राजस्व असुलीको लक्ष्य दिएकामा दुई अर्ब ८१ करोड ७३ लाख रूपैयाँ मात्रै असुल गरेको छ। आर्थिक वर्ष २०७८/७९ भन्दा २२ प्रतिशत अर्थात् ८२ करोड कम राजस्व असुल भएको छ।

प्रमुख पौडेलका अनुसार यस वर्ष उक्त नाकाबाट पेट्रोलियम पदार्थ ढुवानीमा कमी, आलु र प्याज ढुवानीमा कमीलगायत कारणले राजस्व कम असुल भएको हो। जिल्लाको छोटी भन्सार नाका मटिहानी, सम्सी, रघुनाथपुर र कट्टीकटैया सञ्चालनमा नआउँदा समेत राजस्व असुली प्रभावित बनेको उनको भनाइ छ। रासस


प्रकाशित : शनिबार, साउन ६ २०८००९:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend