आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

उठ्न थाल्यो काठमाडौंको फोहर 

images
शनिबार, साउन ६ २०८०
images
images
उठ्न थाल्यो काठमाडौंको फोहर 

काठमाडौं उपत्यकाको सडकमा थुप्रिएका फोहर एक/दुई दिनभित्रै उठाइसक्ने महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले बताए।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ। नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए।

images
images
images

यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए।

images
images

केही दिन अघि फोहर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि हिजोदेखि निर्वाधरुपमा फोहर व्यवस्थापनको काम भइरहेको महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार महानगरले बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फोहर पुर्‍याउन थालेको छ। 

images
images
images

शुक्रबारदेखि फोहर बोकेका महानगरका गाडी ल्यान्डफिल्ड साइट पुग्न थालेपछि काठमाडौं उपत्यकाको सडकमा थुप्रिएका फोहर एक/दुई दिनभित्रै उठाइसक्ने उनको भनाइ छ। फोहर बोकेका गाडीलाई ल्यान्डफिल्ड साइटसम्म पुर्‍याउन प्रहरीले सहयोग गरिरहेकाले पनि व्यवस्थापनमा सहज भएको प्रमुख श्रेष्ठले बताए। रासस


प्रकाशित : शनिबार, साउन ६ २०८००९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend