शनिबार, असोज ५ गते २०८१    
images
images

बजार नपाउँदा व्यवसाय छाडेर पलायन हुँदै कुखुरापालक किसान 

images
बिहीबार , साउन ४ २०८०
images
images
बजार नपाउँदा व्यवसाय छाडेर पलायन हुँदै कुखुरापालक किसान 

भारतीय क्षेत्रबाट भित्रिने पशुपक्षीजन्य वस्तु ल्याउने कार्य पूर्ण रुपमा रोकिनुपर्ने कुखुरा व्यवसायी बताउँछन्।

images
images

कञ्चनपुर- खुला सीमा नाकाको फाइदा उठाउँदै भारतीय क्षेत्राट तस्करले अवैध रुपमा ब्रोइलर कुखुरा, चल्ला, अण्डा, माछालगायत भित्र्याउन थालेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन्। भारतबाट अवैध रुपमा तस्करी गरी भित्र्याइएका कुखुरा, चल्ला, अण्डा, माछासँग प्रतिस्पर्धा गर्न नसक्दा व्यवसायी हतोत्साहित हुँदै व्यवसाय छाड्न थालेका छन्।

images
images
images

धेरै व्यवसायीले  उत्पादित कुखुराजन्य वस्तुको बजार नपाउँदा व्यवसायनै छाडनुपरेको छ। शुक्लाफाँटा, कृष्णपुर, लालझाडी कुखुरा, अण्डा उत्पादक किसान संघ कञ्चनपुरका सचिव शम्भुबहादुर थापाले स्थानीय बजारमा पहिलो हक स्थानीय उत्पादन भएकाले बाह्य क्षेत्रबाट ल्याइने कुखुरा, अण्डा, माछामा रोक लगाइनुपर्ने बताए।

'व्यावसायिक फर्मलाई विविधवत् रुपमा दर्ता गरी बैंक सहकारी संस्थाबाट ऋण निकालेर व्यवसाय गर्न थालेका छौँं', उनले भने, 'कुखुराजन्य वस्तुको बजार नपाउँदा व्यवसाय नै धरापमा पर्न थालेको छ, धेरै व्यवसायीले गर्दै आएको व्यवसाय छाडेर पलायन भएका छन्।' बैंकको ब्याज र किस्ता बुझाउन नसक्दा धेरै व्यवसायीले मानसिक तनावमा बस्नुपरेको उनले उल्लेख गरे।  बर्डफ्लुलगायतका रोग फैलिन निदिनका लागि भारतीय क्षेत्रबाट पशुपक्षीजन्य वस्तुको आयात गर्नमा सरकारले रोक लगाएको धेरै भए पनि खुला सीमा क्षेत्रबाट धमाधम भित्रिन थालेकोमा उनी चिन्ता व्यक्त गर्छन्।

'भारतीय क्षेत्रबाट भित्रिने पशुपक्षीजन्य वस्तु ल्याउने कार्य पूर्ण रुपमा रोकिनुपर्छ', स्थानीय कुखुरापालक हर्कराज मिश्रले भने,' जिल्ला बाहिरबाट आउने कुखुराजन्य वस्तु आपूर्ति र मागका आधारमा आयात गर्ने व्यवस्था मिलाइयोस्।'

images

विदेशबाट कमाएको पैसा धेरै युवाले मातृभूमिमै केही गरौंँ भनेर कुखुरा, माछापालन लगायतका कृषिजन्य कार्यमा लगानी गरेको उनको भनाइ छ। बाह्य क्षेत्रबाट अवैध रुपमा ल्याइने कुखुरा, माछासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा व्यवसायीलाई लगानी डुब्ने चिन्ताले सताउन थालेको छ। 'कुखुरा र माछापालनमा लागेका व्यवसायीको पेसामै चुनौती थपिएको छ', कुखुरापालक किसान खडक सिंह साउदले भने, 'कुखुराका चल्ला, चारो, औषधि खरिदमै ठूलो लगानी लाग्छ, चल्ला हुर्काएर बेच्नका लागि कुखुरा तयार गर्न निकै परिश्रम गर्नुपर्छ, बजारमा बेच्नका लागि लैजाँदा लागत खर्चनै नउठने गरी बेच्नुपर्दा घाटा सहनुपरेको छ।'

स्थानीय व्यवसायीले स्थानीय तहमा बाह्य क्षेत्रबाट अवैध रुपमा भित्रिदै आएको कुखुरा र माछालगायत रोक्नका लागि ज्ञापनपत्रसमेत बुझाएका छन्। कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाका अनुसार नगरपालिकाभित्र अवैध रुपमा भारतीय कुखुरा, माछा, चल्ला, अण्डा आयात गर्न निषेध गरिएको छ। अवैध रुपमा आयात गरिएको भेटिए १० हजार रूपैयाँ जरिवाना हुने उनले बताए।

'व्यवसायीबाट भारतीय कुखुरा, चल्ला, अण्डा र माछा भित्रिन थालेको व्यापक गुनासो आएपछि त्यसलाई रोक्नका लागि सुरक्षा निकायसँग समन्वय गरेका छौँ', उनले भने, 'यसरी ल्याएको पाइए जरिवनासहित प्रचलित कानूनअनुसार कारबाही हुन्छ।'

शुक्लाफाँटा नगरपालिकाको पशु शाखका प्रमुख रामप्रसाद भट्टले पक्षीजन्य वस्तु भारतबाट आयात गर्न निषेध गरिएको बताए। 'बाह्य जिल्लाबाट यस नगरपालिकामा पशुपक्षीजन्य (कुखुरा, अण्डा, चल्ला, माछा, मासु) वस्तु ओसारपसार गर्दा दर्तावाला पशु चिकित्सकद्वारा जारी गरिएको पशु स्वास्थ्य प्रमाणपत्रको सक्कलप्रति अनिवार्य रुपमा साथमा हुनुपर्ने प्रावधान राखेका छौँ', उनले भने, 'अवैध रुपमा आयात गरिएको भेटिए नियम अनुसार कारबाही हुन्छ।' रासस


प्रकाशित : बिहीबार , साउन ४ २०८००९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend