शनिबार, असोज ५ गते २०८१    
images
images

मनाङमा फैलिँदै लम्पी स्किन संक्रमण, याक र चौँरीमा पनि देखियो

images
बिहीबार , साउन ४ २०८०
images
images
मनाङमा फैलिँदै लम्पी स्किन संक्रमण, याक र चौँरीमा पनि देखियो

मनाङमा लम्पी स्किनबाट दुई सय ३६ गाई, गोरु र याक संक्रमित भएको पाइएको छ।

images
images

मनाङ- हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको संक्रमण फैलिँदै गएको छ। जिल्लामा पहिलोपटक असार २४ गते पशुमा संक्रमण देखिएको थियो।

images
images
images

जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई, गोरु र याक संक्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिए। उनका अनुसार ८९ गाई, ९६ गोरु र ५१ याक, नाक (झोपा) र चौँरी लम्पी स्किनबाट संक्रमित भएका छन्। 

'लम्पी स्किनको संक्रमण फैलिँदै गएकाले नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छ', प्रमुख कुसुमले भने, 'लम्पी स्किन नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालले व्यवस्थापन गर्नेछ।'

भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको छ। नार्पाभूमि गाउँपालिकामा बाहेक नासों गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १४ पशुमा संक्रमण देखिएको उनले बताए चामे-२ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्देस्थित क्युपार र नासों-२ को नाचे आलुबारीका पुशमा पनि संक्रमणको जोखिम देखिएको छ। 

images

'सरकारबाट बजेट व्यवस्थापन गर्न समस्या भएको अवस्थामा पालिकालाई हेर्नुपर्ने भनेका थियौँ, अहिले सरकारबाट खोपको व्यवस्थापन भइसकेको छ', उनले भने, 'अब पालिकाले पशुको सहायक उपचारको लागि एन्टिबायोटिक सुई (जिट, मेलोक्सीकाम र रेष्टोवल इम्युनोवुष्टर) लगायत औषधि खरिद गर्न सक्नेछ।'

यी औषधि खरिदका लागि पालिकासँग सहकार्य गरिने प्रमुख कुसुमले उल्लेख गर्दै पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाउन पुग्ने गरेको जानकारी दिए।

रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ। पशुमा लम्पी स्किन देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिइएको, पशुलाई टोक्ने लामखुट्टे र झिंगाबाट जोगाउन पशुपालक किसानलाई सचेत गराउन लागिएको, बिरामी परेका पशुलाई स्याहारसुसार गर्न र संक्रमण नभएका पशुको नजिक नजान भनिएको र सरसफाइ गरेर मात्र अन्य वस्तुको स्याहार सुसार गर्न सुझाव दिइएको उनको भनाइ थियो। रासस


प्रकाशित : बिहीबार , साउन ४ २०८००७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend