आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

विद्युतीय स्कुटरमा उपभोक्ताको देखिएन रुचि : दुई तिहाइले घट्यो आयात, कुन ब्रान्डको कति?

भित्रिएका स्कुटर पनि अधिकांश स्टकमै

images
images
images
विद्युतीय स्कुटरमा उपभोक्ताको देखिएन रुचि : दुई तिहाइले घट्यो आयात, कुन ब्रान्डको कति?

२०२२ को अप्रिलदेखि २०२३ को मार्चसम्म (एफवाई २३) जम्मा २ हजार ७५ वटा विद्युतीय स्कुटर नेपाल भित्रिएको तथ्यांक छ। जबकी २०२१ को अप्रिलदेखि २०२२ को मार्चसम्म (एफवाई २२) ६ हजार ५ सय १० वटा विद्युतीय स्कुटर आयात भएको थियो।

images
images

काठमाडौं- विद्युतीय स्कुटरप्रति नेपाली उपभोक्ताको उतिधेरै रूचि देखिएको छैन। पावर र रेन्जका कारण विद्युतीय स्कुटर उपभोक्ताको रोजाइमा पर्न नसकेको हो। सामान्य उकालोमा समेत नतान्ने र एक सय किलोमिटर हाराहारीमात्र रेन्ज दिने भएकाले सहरी क्षेत्रका उपभोक्ताले पनि विद्युतीय स्कुटर खरिदमा रूचि नदेखाएका हुन्। 

images
images
images

विद्युतीय स्कुटरप्रति उपभोक्ता आकर्षित नभएको पुष्टि दर्जनौँ ब्रान्डका सयौँ मोडल आउँदा पनि कुनैको रोजाइमा नपर्नु र आयातको तथ्यांकमा आएको गिरावटले गर्छ। विद्युतीय स्कुटरमा जडान भएको मोटर पावर कम हुँदा सामान्य उकालोमा समेत दुई जना नतान्नु र बलिया उत्पादकहरूको उपस्थिति कम हुनुले पनि विद्युतीय स्कुटरको स्वीकार्यता बढ्न नसकेको हो। 

images

नेपाल भित्रिएका ब्रान्ड संख्याका आधारमा विद्युतीय स्कुटरको आयात ज्यादै न्यून रहेको छ। २०२२ को अप्रिलदेखि २०२३ को मार्चसम्म (एफवाई २३) जम्मा २ हजार ७५ वटा विद्युतीय स्कुटर नेपाल भित्रिएको तथ्यांक छ। जब कि २०२१ को अप्रिलदेखि २०२२ को मार्चसम्म (एफवाई २२) ६ हजार ५ सय १० वटा विद्युतीय स्कुटर आयात भएको थियो। २०२० को अप्रिलदेखि २०२१ को मार्चसम्म (एफवाई २१) मा १ हजार ५ सय ५० वटा विद्युतीय स्कुटर आयात भएको थियो। 

images

एफवाई २२ को तुलनामा एफवाई २०२३ मा विद्युतीय स्कुटरको आयात दुई तिहाइभन्दा बढीले घटेको छ। २०२२ मा आयात भएको अधिकांश ब्रान्डका विद्युतीय स्कुटरहरू २०२३ मा आयात भएका छैनन्। २०२३ मा करिब दुई दर्जन नयाँ ब्रान्डका विद्युतीय स्कुटर आयात भएका छन्। 

images
images

हाल नेपाली बजारमा करिब ८० वटा ब्रान्डका २ सयभन्दा बढी मोडलका विद्युतीय स्कुटर भित्रिसकेका छन्। २०२२ मा चार दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय स्कुटर आयात भएको भन्सार विभागको तथ्यांक थियो। 

नेपाली बजारमा सबैभन्दा बढी चिनियाँ र भारतीय ब्रान्डका विद्युतीय स्कुटर आयात हुँदै आएको छ। त्यस्तै केही ब्रान्ड जापान, कोरियालगायत मुलुकबाट आयात हुँदै आएको छ। सहरी यात्राका लागि उपयोगी भएको र विगतको तुलनामा शक्तिशाली स्कुटरहरू आएकाले यो युनिसेक्स सवारीका रुपमा स्थापित भइसकेको छ। तर विद्युतीय स्कुटरप्रति भने नेपाली उपभोक्ता अझै आकर्षित भइनसकेको आयातित ब्रान्ड तथा संख्या र बिक्रीबीच नमिलेको तादतम्यले पनि पुष्टि गर्छ। 

तथापी विद्युतीय स्कुटर विगतमा साना व्यवसायीले मात्र ल्याएकाले पनि उपभोक्ताले उतिसारो विश्वास गरिरहेका थिएनन्। पछिल्लो समय भने ठूला व्यावसायिक घरानाले पनि विद्युतीय स्कुटर ब्रान्ड ल्याएर बिक्री गर्न थालेसँगै घरानाप्रतिको विश्वास, उनीहरूले बनाउने सेल्स तथा सर्भिसको नेटवर्क आदिले विद्युतीय स्कुटरप्रति उपभोक्ता आकर्षित हुन थालेका थिए। पछिल्लो समय भने व्यवसायिक घरानाहरूले विद्युतीय स्कुटरको बिक्रीबाट त्यति सन्तुष्ट देखिँदैनन्।  

पेट्रोलबाट चल्ने दुईपांग्रे सवारी बिक्री गर्दै आएका होन्डा, बजाज, यामाहा, हिरो, टीभीएस, सुजुकी, रोयल इनफिल्डलगायत ब्रान्डले विद्युतीय मोटरसाइकल तथा स्कुटर नल्याएकाले पनि उपभोक्ताको विश्वास बढ्न नसकेको हो। धेरै जसो चिनियाँ ब्रान्डहरू जो कोही गएपछि उसको आवश्यकता र ‘ब्रान्ड नेम’ राखेर आधिकारिक बिक्रेता दिइहाल्ने र पछि स्पेयर पार्ट, सर्भिसलगायत उपलब्ध नहुने हुँदा पनि ब्रान्ड आउने र जाने क्रम बढेको हो। 

यस्तो छ ब्रान्डअनुसार नेपाल भित्रिएका विद्युतीय स्कुटरको संख्या 

एनआईयू 

२०२१ मा ७६ 
२०२२ मा ५७४
२०२३ मा ५४ 

टेल्जी

२०२१ मा ७५
२०२२ मा ५२४
२०२३ मा ७२

याडिया

२०२१ मा ७५ 
२०२२ मा ८५८
२०२३ मा २२०

ओकिनावा

२०२१ मा ४२४
२०२२ मा ११३
२०२३ मा शून्य

ओपाइ

२०२१ मा १४८
२०२२ मा २४२
२०२३ मा ७५

लुयुयान

२०२१ मा ७३
२०२२ मा ३५०
२०२३ मा ७४

हिरो

२०२१ मा ३५ 
२०२२ मा ८०
२०२३ मा शून्य

इडंकी

२०२१ मा ७२ 
२०२२ मा शून्य
२०२३ मा शून्य

ईईभीई 

२०२१ मा ५
२०२२ मा शून्य
२०२३ मा शून्य

लेभनिङ

२०२१ मा २६३
२०२२ मा १४५
२०२३ मा २८

मियामा

२०२१ मा ३०
२०२२ मा शून्य
२०२३ मा शून्य

प्योर ईभी

२०२१ मा १८९
२०२२ मा ४७२
२०२३ मा ७३ 

सेग्वे

२०२१ मा शून्य
२०२२ मा ६९९
२०२३ मा २६०

गुवाङडोङ

२०२१ मा शून्य
२०२२ मा ५०
२०२३ मा शून्य

गेमोपाइ

२०२१ मा ३८
२०२२ मा १२०
२०२३ मा शून्य

एरोमा

२०२१ मा शून्य
२०२२ मा १२०
२०२३ मा शून्य

आहाना

२०२१ मा शून्य
२०२२ मा २५५
२०२३ मा शून्य

एक्सरभल

२०२१ मा शून्य
२०२२ मा ४०
२०२३ मा शून्य

मिकू

२०२१ मा शून्य
२०२२ मा २४
२०२३ मा शून्य

रेयमोटर्स

२०२१ मा शून्य
२०२२ मा ४०
२०२३ मा ३५ 

आइमा

२०२१ मा शून्य 
२०२२ मा १४३
२०२३ मा शून्य 

ईभीट्रिक

२०२१ मा शून्य
२०२२ मा ३४
२०२३ मा शून्य

एम्पेयर

२०२१ मा शून्य
२०२२ मा ४०
२०२३ मा शून्य

फेङचेङ

२०२१ मा शून्य
२०२२ मा ४
२०२३ मा शून्य

आर्चर

२०२१ मा शून्य
२०२२ मा ५
२०२३ मा शून्य

कोमाकी

२०२१ मा शून्य
२०२२ मा ३९१
२०२३ मा १४०

सुपर सोको

२०२१ मा ८
२०२२ मा शून्य
२०२३ मा १५४

जेटी 

२०२१ मा शून्य
२०२२ मा २
२०२३ मा शून्य

जोय

२०२१ मा शून्य
२०२२ मा ३६
२०२३ मा ४०

पावरहगस्

२०२१ मा शून्य
२०२२ मा २०
२०२३ मा शून्य

राफ्ट

२०२१ मा शून्य
२०२२ मा ५२
२०२३ मा २५

दोहान

२०२१ मा शून्य 
२०२२ मा ६५
२०२३ मा शून्य

ओकाया 

२०२२ मा ४० 
२०२३ मा शून्य

जम्बो

२०२२ मा ५२ 
२०२३ मा २०

अभोन

२०२२ मा १४
२०२३ मा शून्य

केएसआर मोटर्स

२०२२ मा ७८
२०२३ मा ३

हर्विन

२०२२ मा ३२ 
२०२३ मा शून्य

ओडिसी

२०२२ मा १५
२०२३ मा २१

यूजी वेस्ट

२०२२ मा २
२०२३ मा ३१

ग्रिन वाहन

२०२२ मा १२ वटा 
२०२३ मा शून्य

इनिग्मा 

२०२२ मा ६
२०२३ मा ८० 

जुलुन

२०२२ मा १०१
२०२३ मा १००

बिनिङ

२०२२ मा ३२ 
२०२३ मा शून्य

ई-आशवा

२०२२ मा ४ 
२०२३ मा ६४

फ्रांकलिन

२०२२ मा ४
२०२३ मा शून्य

सुनरा

२०२२ मा शून्य
२०२३ मा ४५ 

लिफान

२०२२ मा शून्य
२०२३ मा ६

रुनयाङ

२०२२ मा शून्य 
२०२३ मा १००

ओकला

२०२२ मा शून्य
२०२३ मा ३२ 

जीहो

२०२२ मा शून्य
२०२३ मा ३२

ग्रन्थ

२०२२ मा शून्य 
२०२३ मा ४४

मितसुजु मोटर्स

२०२२ मा १
२०२३ मा २०

बाउन्स

२०२२ मा २ 
२०२३ मा शून्य

अल्फा ग्रिन

२०२२ मा ४०
२०२३ मा ५०

गेसिस्ट

२०२२ मा शून्य
२०२३ मा ७२ 

न्यूमरस

२०२२ मा शून्य
२०२३ मा २

क्योटो 

२०२२ मा ७
२०२३ मा शून्य

कोरबेट

२०२२ मा २
२०२३ मा शून्य

स्लान

२०२२ मा शून्य 
२०२३ मा २८

ब्रान्ड नाखुलेका 

२०२१ मा ३९
२०२२ मा ३१३
२०२३ मा ७७ 

ब्रान्ड नखुलेका अनएसेम्बल्ड

२०२२ मा २५२
२०२३ मा शून्य

२०२२ मा अनएसेम्बल्ड अवस्थाका विद्युतीय स्कुटर २ सय ५२ वटा आयात भएको छ। तर २०२३ मा भने अनएसेम्बल्ड अवस्थाका विद्युतीय स्कुटर आयात भएको देखिँदैन। २०२१ तथा २०२२ आएका कयौँ विद्युतीय स्कुटर अहिले पनि बिक्री हुन नसकेर स्टकमा छन्। ब्रान्ड होल्ड गर्ने र ‘भविष्यको बिक्री’ पर्खने आयातकर्ताहरूको संख्या धेरै रहेको छ। 

images

प्रकाशित : बिहीबार , साउन ४ २०८०११:२९

प्रतिक्रिया दिनुहोस