शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

ग्वार्को ‘फ्लाई ओभरको’ डिजाइन पुनरावलोकन गरिँदै

images
बुधबार, साउन ३ २०८०
images
images
ग्वार्को ‘फ्लाई ओभरको’ डिजाइन पुनरावलोकन गरिँदै
ग्वार्को फ्लाइओभरको डिजाइन।

फ्लाईओभर निर्माणका लागि सडक विभागाले गत मंसिर महिनादेखिबीचको लेन बन्द गरेको छ। बालकुमारी पुलबाट ग्वार्को चोकसम्म बीचको चार लेन बन्द गर्दा ग्वार्को चोकमा दैनिक जामको समस्या आइरहेको छ।

images
images

काठमाडौं- पुरानो ढाँचा अनुसार निर्माण गर्नका लागि आवश्यक उपकरण नपाइएपछि ग्वार्कोस्थित फ्लाई ओभरमा ढाँचा पुनरावलोकन गरेर निर्माणअघि बढाइने भएको छ। पहिले प्रयोग गरिने भनिएको प्यानल (फल्याक) भारतमासमेत नपाइएपछि अहिले नेपालमा पाइने किसिमको प्यानल प्रयोग गरेर निर्माण गर्न लागिएको हो।

images
images
images

पहिले ढाँचामा उल्लेख भएभन्दा फरक प्यानलको प्रयोग गर्नका लागि ढाँचासमीक्षा गर्नुपर्नेमा अहिले त्यसलाई अघि बढाइएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। फ्लाई ओभरका विभिन्न किसिमका काममध्ये जगको काम रोकिए पनि अरु काम भइइरहेको केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले जानकारी दिए। फ्लाई ओभरको ‘प्यानल स्लाव’को काम निर्माणस्थलमा भइरहेको उनले बताए। वालको प्यानल स्लाब पहिले भूइँमा बनाएर जडानपछि जडान हुने गरी तयारी गरिएको छ। प्यानल फ्लाई ओभर निर्माण भएको ठाउँ नजिकै ढलान भइरहेको उनले बताए।

images

झन्डै दुई हजार चार सय ठूला प्यानल बनाउनुपर्ने केन्द्रले जनाएको छ। बनिसकेपछि क्रेनले उचालेर पुल बन्ने ठाउँमा लगेर राखिने उनले बताए। दैनिक २४ ढलान गर्न सकिने फर्मा निर्माण कम्पनीसँग रहेको छ। कहिलेकाहीँ एक दिन काम नभए पनि अर्को दिन गरिँदै आएको इन्जिनियर श्रेष्ठले बताए। जम्मा दुई हजार चार सय बनाउनुपर्ने र त्यसका लागि बढी समय लाग्ने हुन्छ। उनले भने, 'त्यसले बढी समय खाने हुँदा निरन्तर भइरहेको छ।'

images

ढाँचामा थोरै परिमार्जनका लागि निर्माण कम्पनीले प्रस्ताव गरेको उनले बताए। पहिले निर्माण कम्पनीले थोरै संख्यामा गहिरोसँग पाइल राख्ने गरी डिजाइन पेस गरेको थियो। यसको लागि आवश्यक उपकरण नेपालमा नपाइने हुँदा उसले भारतमा खोजी गरेको थियो। भारतमा पनि त्यो पाउन नसकिएपछि अहिले फरक किसिमको पाइल प्रयोग गर्ने योजना बनाएको उनले बताए।

पहिले थोरै संख्यामा गहिरो गर्ने उल्लेख भए पनि अब धेरै संख्यामा प्रयोग गरेर त्यसको लम्बाइ घटाउने गरी गर्न लागिएको इन्जिनियर श्रेष्ठले जानकारी दिए। पहिले एउटा साइडमा चार वटा पाइल राख्ने योजना भएकामा अहिले १२ पाइल गरेर लम्बाइ कम गर्ने गरी योजना बनाइएको उनले बताए। 'त्यस्तो सामग्री नेपालमा पाइने हुँदा त्यसको प्रयोग गर्न लागिएको हो। ठेक्काको अवधि दुई वर्ष रहेको थियो। आगामी फागुनसम्म अवधि रहेको भए पनि अहिले निर्माण केही सुस्त रहेको छ', उनले भने, 'निर्माण कम्पनीले सुरुका काम अलि ढिला हुने भए पनि अन्तिमका काम द्रुतगतिमा गरेर सकाउँछु भनेको छ।'

सुरुको तालिकाअनुसार अहिले नै काम केही ढिला भइसकेको छ। अहिले ढाँचा पुनरावलोकन भएर आउँदा केही समय कुर्नुपर्ने भएको उनले बताए। निर्माण कम्पनीले अब बाँकी समयमा निर्माणको काम सम्पन्न गर्न सक्ने बताएको उनले बताए। उनले भने, 'अझै पनि निर्माण कम्पनीले समयमा गरिसक्छु भनिरहेको छ।'

फ्लाई ओभर निर्माणका लागि सडक विभागाले गत मंसिर महिनादेखिबीचको लेन बन्द गरेको छ। बालकुमारी पुलबाट ग्वार्को चोकसम्म बीचको चार लेन बन्द गर्दा ग्वार्को चोकमा दैनिक जामको समस्या आइरहेको छ। सरकार आफैले ईपीसी (इन्जिनियरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन) मा सम्झौता गरी ‘फ्लाई ओभर’ निर्माण अघि बढाएको हो।

यो ठेक्का प्रक्रियामा ‘डिजाइन एण्ड विल्ड’ का लागि गरिएको सम्झौताजस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गरेको केन्द्रले जनाएको छ। ‘फ्लाई ओभर’ को विसं २०७८ फागुनमा डिजाइन सुरु भएको थियो।

सरकार आफैले निर्माण गर्न लागेको पहिलो ‘फ्लाई ओभर’ सरकार र निर्माण व्यवसायी दुवैका लागि नयाँ हो। अहिलेसम्म ‘फ्लाई ओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि धेरै सडक र पुल बनाइसकेकाले जिम्मेवारी नेपाली व्यवसायीलाई नै दिइएको सडक विभागले बताउँदै आएको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाई ओभर’ को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ। बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाई ओभर पुगिनेछ। त्यतातर्फ दुई सय ८० मिटर लामो ‘र्‍याम’ हुने र सातादोबाटोतर्फ झर्न एक सय ७५ मिटर लम्बाइको ‘र्‍याम’ हुने बताइएको छ।

‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाई ओभर’ को जम्मा लम्बाइ चार सय ९० मिटर हुनेछ। मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारीसाधन पुल मुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन सिधै चल्ने बताइएको छ। यसको निर्माणका लागि आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो। यसको बजेट १७ करोड ६८ लाख रूपैयाँमा रहेको छ। रासस


प्रकाशित : बुधबार, साउन ३ २०८०१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend